📝अजित तिमिल्सिना
पौष २६,
जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा पोखरा लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा आयोजना गरिएको सातौं संस्करणको टि यु बि.बि.ए कपको उपाधि भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पसले काठमाडौँको नेपाल कमर्स क्याम्पसलाई पराजित गर्दै ट्रफी हात पारेको छ।
पहिलो पल्ट राजधानी बाहिर आयोजना गरिएको टि यु बि.बि.ए कपको प्रतिस्पर्धात्मक फाइनल खेलमा भक्तपुर बहुमुखी क्याम्पसले काठमाडौँको कमर्स क्याम्पसलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक टि यु बि.बि.ए कपको उपाधि जित्न सफल भएको छ। खेलमा भक्तपुर बहुमुखी क्याम्पसका जर्सी नम्बर १० सुबिन बोगटीले पहिलो हाफमा गरेको गोल नै भक्तपुर बहुमुखी क्याम्पसलाई ऐतिहासिक उपाधि हात पार्न पर्याप्त भयो। भक्तपुरको जितमा नायक बनेका गोल किपर अनिश थापा खेलको म्यान अफ द म्याच घोषित भएका छन्। नेपाल कमर्सले गरेको गोलको मेहनतमा भक्तपुरका गोल किपर निकै हाबि भएका थिए। उपाधि सँगै भक्तपुर बहुमुखी क्याम्पसले उपाधि ट्राफि, नगद सत्तरी हजार, मेडल, प्रमाणपत्र हात पारेको छ र साथै बिजेता टिमका सम्पूर्ण खेलाडीहरूलाई आयोजकले ढाका टोपी लगाइदिएर सम्मान गरिएको थियो। उप बिजेता बनेको नेपाल कमर्स क्याम्पसले उप बिजेता ट्रफी, नगद पैंतिस हजारका साथै प्रमाण पत्र र मेडलहरु पाएको थियो।
त्यस्तै फुटबल प्रतियोगिताको भिविन्न बिधामा उत्कृष्ट खेलाडीलाई प्रसंशा पत्र, नगदसहित पुरस्कृत गरिएको थियो र उत्कृष्ट खेलाडी यस प्रकार छन् :१) प्रतियोगिताको उत्कृष्ट खेलाडी – भक्तपुर बहुमुखी क्याम्पसका गोल रक्षक अनिश थापा। २) प्रतियोगिताको उत्कृष्ट फरवार्ड – नेपाल कमर्स क्याम्पसका बिकास कार्की ।३) प्रतियोगिताको उत्कृष्ट डिफेन्डर – भक्तपुर बहुमुखी क्याम्पसका रबिन डङ्गल। ।४) प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर – भक्तपुर बहुमुखी क्याम्पसका बिनय श्रेष्ठ। ५) प्रतियोगिताको उत्कृष्ट गोलकिपर – भक्तपुर बहुमुखी क्याम्पसका अनिश थापा। ६) प्रतियोगिताको अनुशासित टिम – बिराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस। ७) प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी – महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कप्तान रोशन तामाङ।
टि यु बि.बि.ए कपको सातौं संस्करणको समापन समारोहमा बोल्दै जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतमले पहिलो पल्ट राजधानी बाहिर आयोजना गरिएको टि यु बि.बि.ए कप सफलताका साथ पुरा गर्न सहयोग गर्नै संघ संस्था, व्यक्तित्व, देशका विभिन्न ठाउँबाट प्रतियोगितामा आएका टिम तथा सहयोगी हात बढाउने सम्पूर्णलाई धन्यबाद दिए ।

Comments are closed.