📝अजित तिमिल्सिना
छैटौँ संस्करणको टि.यु बि.बि.ए कप फुटबल बिजेता पोखराको जनप्रिय बहुमुखी क्याम्पसले यही पौष १८ गतेदेखि पोखरामा आयोजना गर्न लागेको टि यु बि.बि.ए कप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।
प्रतियोगिताका खेलहरूको तालिका काठमाडौं नयाँ बजार स्थित धारा गल्लीको ए-वान क्याफेमा एक समारोहका बीच सार्वजनिक भएको छ। प्रतियोगिताको उदघाटन खेल पौष १८ गते आयोजक जनप्रिय बहुमुखी क्याम्पस र काठमाडौंको एन. सि. सि कलेजको हुने भएको छ। प्रतियोगिताका खेलहरू पोखरा लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा हुनेछ ।पहिलो पल्ट राजधानी बाहिर आयोजना हुन लागेको टि. यु बि.बि.ए कप फुटबल प्रतियोगिता आफुहरुले भव्यताका साथ सम्पन्न गर्ने योजना रहेको कुरा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतमले बताए। यस्तो ठुलो प्रतियोगिता आफुहरुले आयोजना गर्न लागेको र यस जिम्मेवारीलाई पुरा गर्न आफुहरुले सक्दो प्रयास गर्ने कुरा जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा काठमाडौंका ११, आयोजक जनप्रिय बहुमुखी क्याम्पस र राजधानी बाहिरका ५वटा कलेजहरूको सहभागिता रहने छ। प्रतियोगिताका पौष १८ गतेदेखि पौष २६ गते सम्म चल्नेछ। प्रतियोगिताको बिजेताले सत्तरी हजार नगद, प्रमाण पत्र र मेडलहरु पाउनेछन्। त्यस्तै उप बिजेताले नगद पैंतिस हजारका साथै प्रमाण पत्र र मेडलहरु पाउनेछन्।

Comments are closed.