सात करोड लगानीमा मासु उद्योग संचालन

पोखरा, १० पुस /
व्यवस्थित बधशालाको अभावमा अस्वस्थकर मासु खान बाध्य पोखरेलीले अब स्वच्छ मासु खान पाउने भएका छन् । बढ्दो मासुको मागलाई मध्यनजर गदै पोखरामा सात करोडको लगानीमा मासु उद्योग संचालनमा आएपछि अस्वस्थकर मासु खान बाध्य पोखरेलीका लागि स्वास्थ्यकर र स्वच्छ मासु खान पाउने भएका हुन् । पोखराका विभिन्न पेशा र व्यवसायमा संलग्न ३४ जना ब्यक्तीहरुको संयुक्त लगानीमा मासु उद्योग संचालनमा ल्याइएको हो । भारत, जर्मनी, नेदरल्याण्ड र स्वीजर ल्याण्डको प्रयोग भएको प्रविधियुक्त दुई करोड रुपैयाँ मूल्यको मेशिन ल्याएको छ ।
पोखरा हिमालयन मिट्स प्रालिले अत्याधुनिक मेशिन प्रयोग गरि उपभोक्तालाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित प्रालि संचालनमा ल्याउन लागे हिमालयन मिट्स प्राली पोखराका अध्यक्ष तेजबहादुर भटराईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
“आम उपभोक्तालाई स्वस्थकर, हाइजेनिक प्रोटिनयूक्त कुखुराको मासु उपलब्ध गराउने उद्देश्यले प्रशोधन शाला पोखरा हिमालयन मिट संचानमा ल्याएका हौं ।” उनले भने । विश्वकै उत्कृष्ट पर्यटकीय शहर पोखराका ब्यस्त बजारमा बाटोमा जिउदो कुखुरालाई क्याँक्याँ पार्दै साइकल र मोटरसाइकलमा झुण्डायर ओसार पसार गरिने र खुल्ला रुपमा पंक्षी बध गरिनु नराम्रो भएको र यसले वातावरण प्रदुषण हुने गरेको उनले बताए । खुल्ला रुपमा पंक्षी बध गरिनु असोभनिय र झन रातो चिसो टालोले मासु जन्य पदार्थ छोपिनु झीगा भन्किदा ब्याक्टेरीया भाइरसको संख्या वृद्धी भई मासु नै अवस्थकर भैरहेको परिपेक्षमा आफुहरुले प्रशोधनशाला सहित मिट्स प्रालि संचालनमा ल्याएको प्रालिका डाइरेक्टर रामचन्द्र भटराईले बताए ।
नेपाल सरकारको मासु प्रशोधन केन्द्र ऐन २०५५ को पालना गर्दै अन्तराष्ट्रियस्तर ३०४ ग्रेडको स्टेनलेसस्टिलले बनेको अत्याधुनिक प्रशोधन मेशिनको क्षमता प्रति घन्टा एक हजार कुखुरा प्रशोधन गर्नेछ । यस्तो मेशिन प्रयोग गरि धुलो, झिंगा पस्न नसक्ने बन्दा कोठामा चिकेनलाई प्रशोधन गरि चिलिङ गरि उपभोक्ताको इच्छा अनुसार प्रेस कुखुराको मासु ४ डिग्री सेल्सियस कोल्ड रुपमा चिस्यान गरि फ्रोजन चिकेन समेत बजारमा पठाउन व्यवस्था मिलाइएको प्रालिले जनाएको छ ।
प्रालिका चिकित्सक डा. अशेष भट्टराईका अनुसार इलेक्ट्रोनिक सकबाट कुखुराको बध गरिन्छ । कुखुरालाई पानीमा बेहोस गरेर त्यसपछि बध गर्ने भएकाले ब्याक्टेरीयायुक्त हुने र रगत पुरा जाने भएकाले मासु नरम, मुलायम र स्वच्छ हुने बताए । उनका अनुसार मासु बिक्रीका लागी पोखराका फ्रेस हाउसले मापदण्डा पुरा नगरेकाले चार स्थानबाट मात्रै बिक्रीको व्यवस्था गरिएको छ । पोखरामा सेलवेज लेकसाईड, चिप्लेढुङ्गा, महेन्द्रपुल र प्रालिबाटै बिक्रीको ब्यवस्था मिलाईएको छ ।
प्रालिले ४८ जनालाई प्रत्यक्ष रोजगारी र ९७ जना किसान परिवार र एक सय भन्दा बढि फ्रेस हाउसलाई अप्रत्यक्ष रोजगारी सृजना गरेको प्रालिका अध्यक्ष तेजबहादुर भटराईले जानकारी दिए । हाल दैनिक १८ सय केजी मासु बिक्री गर्ने गरेको प्रालिका चिकित्सक असेष भटराईले जानकारी दिए । हिमालयन मिट््स प्रालिको विधिवत उद्घाटन पुस १२ गते कृषिमन्त्री हरि पराजुलीले गर्ने कार्यक्रम छ ।

Comments are closed.