साथीको कोठाबाट हाम फाल्दा, मणिपालका चिकित्सकको मृत्यु (फोटो सहित)

हत्या भएकाे सहकर्मीकाे अाराेप


पोखरा, २० असार / पोखराको मणिपाल शिक्षण अस्पतालमा एक चिकित्सको छतबाट खसेर मुत्यु भएको छ ।  मणिपालबाटै एमबिबिएस सकेर इन्टर्नसिप  गरिरहेका डा. अनिमेस  ठाकुरको गएराति ९ बजे मृत्यु भएको हो । अनिमेस स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरको छोरा हुन् । 10359554_945473018816921_1478171948083862549_n उनी आफ्नो साथीको घरमा गएका थिए । त्यहाँ आफ्नो साथीसँग सामान्य मनमुटावका कारण उनले घरकाे करिब साँढे तिन तला माथीबाट  हाम फालेकाे बतार्इकाे छ ।

तर, उनीसँगै इन्टर्न गरिरहेका अरु केही डाक्टरले पनि छतबाट धकेलेर उनकाे हत्या भएकाे आरोप लगाएका छन् । मृतकका पिता स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख ठाक्टर गरिबदास ठाकुरले आफ्नाे छोरालाइ अरुले रिसिइवीका कारण धकेलेर हत्या गरकोे भन्दै अनुसन्धानका लागि प्रशासनसँग माग गरेका छन् ।

 उनले  भने, ‘हिजो राति होस्टेलकै छतमा सहकर्मीसँग बसेर खानपान गरिरहेका बेला ब्यक्तिगत रिसिइबीका कारण केही जना मिलेर धकेलेछन् । घटनास्थलमै मृत्यु भएछ ।’

‘मणिपालमै अध्ययनरत प्रेमिकासँग दुई दिनअघि मनमुटाव भएको र शनिबार राति प्रेमिकाको डेरामा गएका उनी रेलिङमा झुन्डिँदा तल खसेर मुत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी प्रमुख हरि पालले भने ।  झुन्डिएका उनलाई बचाउन खोजे पनि माथि तान्न नसकिएको हुन सक्ने पालले बताए ।

उनका अनुसार त्यहाँ केही केटी डाक्टरहरु समेत थिए । सोही क्रममा सिर्जित विवादका कारण अनिमेसलाई छतबाट खसालीदिएको डा. ठाकुरको आरोप छ ।घटनाको अनुसन्धानका लागि उनीसँगै खानपिन गरीरहेका केही चिकित्सकहरुलाइ कास्की प्रहरीले सोधपुछ गरेको छ । मृतकको शबलाइ हाल पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको छ ।animesh

Comments are closed.