साना लगानीका सञ्चार माध्यमको समस्या र समाधानका उपाय
राजधानी केन्द्रित आजको अर्थराजनीतिक वयवस्थामा जिल्लाहरुमा रहेका सञ्चार माध्यमहरु प्राय सबै साना नै भने हुन्छ । लगानीको आकार प्रभावक्षेत्र, विज्ञापनको सिमितता र व्यवस्थापनको हिसावले पनि राजधानी बाहिरका सञ्चारमाध्यमहरुलाई सानो ठूलो भनेर वर्गिकरण गर्नै पर्ने छैनन् । त्यसैले वास्तवमा जिल्लाका सञ्चार माध्यमहरुको समस्या मै केन्द्रित हुँदा खास फरक पर्दैन ।
अहिलेसम्म यहाँ स्थापित सञ्चार माध्यमहरु मध्ये छापा माध्यम नै जेठो हो । जेठो भएका कारण पनि धेरैले अहिलेपनि समाचार र खबर भनेपछि पत्रपत्रिकालाई नै बुझ्दछन् । हालाकी जिल्लामा केवल टेलिभिजन एफ.एम. रेडियो र अनलाइनहरुको प्रभाव दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । हिजो जिल्लाका सञ्चार माध्यमहरुको समस्या बेग्लै हुन्थे । जस्तो छापा माध्यम मात्र रहेको त्यस अवस्थामा पत्रिका प्रकाशनको समस्या भनेको छापाखानाको अभाव, भएका छापाखानाहरुमा समेत पर्याप्त सम्पादन गर्ने अक्षर नभएर पत्र पत्रिका कम्पोज हुन नसक्ने अवस्था, प्रेस चलाउने जनशक्तिको अभाव, कागज नपाइने र नेशनल ट्रेडिङ्ग एक मात्रले अखवारी कागज ल्याएर बेच्ने अरु कागज बिक्रेता थिएन ।
वितरण साधन नहुने जस्ता समस्या थिए । तर अहिले छापामाध्यम हरुकै पनि समस्याहरु ति भन्दा भिन्न बेग्लै बेग्लै देखिएका छन् । समग्रमा अहिले जिल्लामा रहेका सबै सञ्चार माध्यमहरुको समस्या र तिनको समाधानको विषयमा छलफलगर्दा केही सबै सञ्चार माध्यमहरुसँग मिल्ने छन् भने केही भिन्न प्रकृतिका छन् । सबैमा पहिले एकै प्रकृतिका समस्या बारे बुँदागत भन्दा यस्तो छ ।
१) गुणस्तरमा भन्दा संख्यात्मक वृद्धि ः– सबै प्रकारका सञ्चार माध्यमहरुको संख्या प्रसस्त छन् । तर गुणस्तरबारे अध्ययन भएको छैन । अहिले भएको संख्या आवश्यक छ÷छैन कसैले भन्न सक्ने अवस्था छैन । बढी नै छ भन्ने एकिन भए पनि रोक्न सक्ने अवस्था छैन । अरु काम छैन । अरु काम भएन पत्रपत्रिका प्रकाशन गर्ने काम गर्ने मेलो हुन्छ । संगै काम गर्यो मन मिल्दैन, बेग्लै दर्ता गर्ने जोश चल्छ । केही बैध÷अबैध रुपमा पैसा कमायो । त्यसले मात्र सामाजिक मान नपाउने भएपछि मेडियामा लगानी गरेर सञ्चार उद्यमी भएर शासन प्रशासन पहुँच भेला गोष्ठिमा बस्न पाइने लोभ ।
– पार्टीगत सिधा लगानी नभए पनि पार्टीको नजिक रहेर चलाएका सञ्चार माध्यमहरु पार्टी फुटेको खण्डमा अर्को तत्काल खोल्नै पर्ने मान्यता÷ वाध्यता ।
– जीवनको प्रारम्भ मै मीडियासँग आवद्ध भएर जीवन धानेको अवस्थामा ‘म आफै पनि गर्न सक्छु’ भन्ने भावना ।
– सरल र सानो लगानी
– प्रविधी पनि सहजता । सहज पहुँच ।
– भोकै तर आत्मासम्मान भएको महशुस ।
यसले गर्दा थेग्नै नसक्ने गरी सञ्चार माध्यमहरु छ्यापछ्याप्ति स्थापित भएका छन् । केही चलेका छन् । केही चलाइएका छन् । केही सम्बन्धित ठाउँमा देखिएका छन् । केही नाममात्रमा रहेका छन् । त्यसैकारण अहिले कास्की जिल्लामा दैनिक २७, साप्ताहिक ५३, पाक्षिक १२, मासिक २६, द्वैमासिक १०, त्रैमासिक १३, चौमासिक १ र वार्षिक ४ गरी १५३ पत्र पत्रिका दर्ता छन् । एफ.एम.हरुको कुरा गर्दा अहिले यस जिल्लामा २१ वटा सञ्चालित देखिन्छन् । अनलाइनको अहिलेसम्म कुनै तथ्याङ्क छैन । केवल टेलिभिजन पनि आधा दर्जन जतिले आफ्नो काम गरिरहेको देखिन्छ ।
२) कमजोर लगानी समस्या
एक्लै गर्न खोज्ने समूह नटिक्ने नाफा नहुँदा व्यावसायिक लगानी आकर्षण नहुने । झुक्किएर भए पनि प्रतिकूल रिजल्ट आएपछि तर्सिने ।
३) सरकारी विज्ञापन नीति घातक र विभेदपूर्ण
– समानुपातिक लागु नगर्ने सरकारी नीति ।
– ठूलोको दबाबमा विभेदको नमूना ७३ करोड २० हजार एफ.एम.हरु लाई लोककल्याणकारी पनि थोरै
४) विज्ञापन बजार छैन
विद्युतीयमा थप समस्याका कारण
– हुकिङ्ग प्रशारण
– विद्युत आपूर्तिदर सहुलियत नहुने
– नविकरणमा झन्झट
छापामा
– वितरण प्रणाली यातायात सिण्डिकेटका कारण जटिल
– कागजको गुणस्तर छपाइकोस्तर छैन
चुरो कुरा
– अर्थविदको थेसिस
– गरिबीको चक्ररेखा
समाधानको उपाय
१) मर्जर नीति ल्याउने हो कि ?
२) समानुपातिक विज्ञापन जोड दिने
३) स्थानीय विज्ञापन स्थानीयमा अनिवार्य
४) तालिम÷व्यवस्थापन
५) हात धुने विज्ञापन जस्तो ‘भोकै बसेर नमस्कार मात्र खाने भए साहु पत्रकार बन नभए अरु पेशा गर’
६) श्रमजिवी पारिश्रमिक साँच्चै बैज्ञानिक लागु गर्ने प्रेस आयोगमा सफल भएपछि नियुक्ति
७) छुट्टै संरचना निर्माण
८) पत्रकार फकाउने सेवाग्राही तर्साउने कुनै पनि पुरस्कार प्रोत्साहन नलिने त्यसले पत्रिका मार्ने एजेन्ट मोटाउने
सांराश
प्रकाशकले बुझ्नु पर्ने कुरा
– व्यापार हो भने, नाफामा चलाउ सेवा हो भने भोक भोकै भए पनि आफू रमाउ अरुलाई तलब नदिएर प्लिज नरुवाउ
श्रमजिवी
सुरु सुरुमा पत्रकार भनेर नमस्कार मात्र पाए पुग्ने, पछि स्वास्नी र छोरा छोरी पाल्नु पर्ने भएपछि श्रम शोषणको कुरा गर्ने ?
यस्तो छ जिल्लाका सञ्चार माध्यमको चाल
लौ राजधानीका सरहरु के छ बताउनुस् त्यहाँ तिरको हाल ।
लेखक पाेखरा हटलाइन दैनिकका सम्पादक र प्रेस काउन्सिल नेपालका सदस्य हुन्
Comments are closed.