पोखरा, ५ मंसीर
कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले आफू सामन्तबादको पृष्ठपोषक नभई सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चुनावी घरदैलोका क्रममा विहीबार विहान पोखरा–३३ ठूलढुंगा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावी कोणसभामा बोल्दै उनले आफू जनताको सेवक बन्ने बताएकी हुन् । म अरुजस्तो सामन्तबादको पृष्ठपोषक बन्दिन,‘उनले भनिन्,‘मसँधै तपाईंहरुकै सेवक हुँ, तपाईंहरुकै सेवक बनिरहन्छु ।’
उम्मेद्वार विद्याले जनतालाई दुख्दा आफूलाईपनि दुख्ने बताइन्,‘तपाईंलाई दुख्दा मलाईपनि दुख्छ, म तपाईंहरुको साथी बनेर हरेक सुख, दुःखमा सँगै रहनेछु ।’ उनले जनताको विश्वास अझै उचो बनाउनेपनि प्रतिबद्धता जनाइन् । उनले महिला, पिछडिएका वर्ग, दलित, जनजातिलगायतलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र समृद्धी सम्भव भएको बताउँदै त्यसका लागि आफू लागिपर्ने बताइन् । पिछडिएका वर्गलाई आर्थिक रुपमा सबल बनाउनका लागि सीपलाई प्रविधीसँग जोड्नुपर्ने आवश्यक्तामा समेत जोड दिइन् । उनले जनसहभागितामा सञ्चालित विकास आयोजनाहरु जनताले अपनत्व महशुष गर्न, प्रविधी मैत्री विकासको अवधारणामा जानुपर्ने बताइन् ।
कार्यक्रममा पोखरा–३३ का चुनावी कमाण्डर तथा नेकपा केन्द्रीय सदस्य भीम कार्की, प्रदेश सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा नेताहरु बिजयबाबु बनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा–३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारीलगायतले विद्यालाई जिताएर पोखराको समृद्धी र विकासको सपना पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, पोखरा २१ मा नेकपाको घरदैलो जारी रहेको छ । नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई बिजयी बनाउन पोखरा–२१ को कृष्ती नाच्नेचौर क्षेत्रको फुस्रेखोला, रैकरे, भालेगाउँ, ठकुरीगाउँ, हप्राक, डढेल्नीगाउँ, मलागिरी, भविष्य निर्माण माविको सिमलचौर क्षेत्रमा घरदैलो जारी रहेको प्रचारप्रसार समिति सहसंयोजक झपटबहादुर रानाभाटले जानकारी दिए । सो क्षेत्रमा नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेलसहित नेकपाका नेताहरु खड्ग हमाल, श्रीराम सुबेदी, झपटबहादुर रानाभाट घरदैलामा रहेका छन् ।
पोखरा–४ मा नेकपाले ¥याली निकाल्ने तयारी गरेको छ । नेकपा नेता दामोदर बैरागीको नेतृत्वमा पोखरा–४ को गणेशटोलबाट निस्किने ¥याली, सिद्धार्थचोक, चिप्लेढुंगाहुँदै महेन्द्रपुलमा पुगेर समापन हुने बताइएको छ ।
पोखरा–७ मा पनि नेकपाले ¥याली निकाल्ने जनाएको छ । रत्नचोकबाट निस्किने ¥याली वडा नम्बर ७ का विभिन्न क्षेत्रमा पुगेर भोट माग्ने युवा परिचालन कमिटीका संयोजक किशोर बरालले जानकारी दिए ।
Comments are closed.