राष्ट्रीय स्वतन्त्र पार्टीका निबर्तमान सांसद डाक्टर ढाका कुमार श्रेस्ठको बारेमा सामाजिक सन्जाल फेसबुक मा अबफाह फैलाएको आरोपमा स्याङ्ग्जा आँधीखोला गाउँपालिका वडा नं. ५ ठुलीबराहा बस्ने वर्ष ३५ को सुर्य बहादुर रेग्मीलाइ कास्की प्रहरीले पक्राउ गरेको छ ।कास्की प्रहरीको बिज्ञप्तीमा मा उल्लेख गरीएको छ:
“राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भन्ने समेतको कुराहरु लेखी मेरो फोटो समेत पोष्ट गरी समाजमा अराजकता, आत्म सम्मान माथी आघात पुर्याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा एंव अनर्गल प्रचार गरी Surya Regmi नाम गरेको फेसबुक आईडीमा पोष्ट गरेको हुँदा उक्त व्यक्तिलाई कारबाही गरी पाँउ भनी विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गतको जाहेरी दरखास्त यस कार्यालयमा प्राप्त हुन आएको हुँदा यस कार्यालयबाट अनुसन्धान गर्दा उक्त फेसबुक स्याङ्ग्जा आँधीखोला गाउँपालिका वडा नं. ५ ठुलीबराहा बस्ने वर्ष ३५ को सुर्य बहादुर रेग्मीले प्रयोग गरेको देखिएकोले निजलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार
ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाईएको छ ।
Comments are closed.