सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्छ ः नेपाली सेना

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको काम गर्दै आएको नेपाली सेनाले मृत्युदर बढेको हुँदा सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

कोरोनाबाट मृत्यु भएकाको शव पशुपतिनाथस्थित विद्युतीय शव दाहगृहमा व्यवस्थापन गरिँदै आएको थियो ।
सोमबार एउटा मेसिन बिग्रिएको हुँदा शव वाग्मती किनारमै जलाउन सुरु गरिएको छ ।
विद्युतीय शवदाह गृहमा मात्रै जलाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चिता बनाएर शव जलाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
“पशुपति विकास कोषको एउटा मेसिन बिग्रिएको थियो,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, “पशुपति क्षेत्र विकास कोषसँग मिलेर बाहिर आठवटा शव जलाएका छौँ । अहिले मृत्युदर निकै बढेको छ । यस्तै अवस्था रहे सामूहिक शवदाहमा जानुपर्ने हुन सक्छ ।  from barhakhari

Comments are closed.