सार्क साष्ट्रका स्रष्टाको नेपाः श्री लोकार्पण

पोखरा १५ चैत ।सार्क राष्ट्रका दुई स्रष्टाको नेपाली आधुनिक एल्बम नेपाः श्रीको शनिबार पोखरामा लोकापर्णको गरिएको छ । एल्बमको लोकापर्णका लागि नेपालका लागि श्रीलंकाका राजदुत महामहिम डब्ल्यु. एम. सेनेभिरत्न, वरिष्ठ चलचित्र निर्देशक चेतन कार्की, चलचित्र निर्देशक प्रकाश सायमीले संयुत्त रुपमा लोकापर्ण गरे ।

nepashree
एल्बममा नेपालका गीतकार दुर्गाबहादुर शाह बाबाको रचना र श्रीलंकाका सुप्रसिद्ध गायक तथा संगीतकार डा. प्रवाथ निलन्त पेइरिसको स्वर र संगीत रहेको छ । आठवटा गीत समावेश रहेको एल्बमको बजार प्रवद्र्धनका लागि सम्पूर्ण जिम्मा म्यूजिक नेपालले लिएको छ । एल्बम विमोचन गर्दै राजदुत महामहिम डब्ल्यु. एम. सेनेभिरत्नले संगीतको माध्यमबाट दुई देशको सम्वन्ध विस्तारमा थप सहोग पुग्ने विश्वास व्यक्त गरे । उनले संगीतले सवैलाई मन्त्रमुग्ध बनाउने बताउँदै दुई देश वीचको स्रष्टाको माध्यमबाट सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीले नेपाली कला र संस्कृतिलाई विदेशमा चिनाउन यसले महत्वपूर्ण भुमिका खेल्ने बताए । अर्का चलचित्र निर्देशक प्रकाश सायमीले श्रीलङका र नेपालका शाह वीचको संगीत संयोजनले मित्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए । वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले नेपाली गीत संगीतले विश्वमा चिनिने अवसर पाएको भन्दै यस प्रकारको सम्वन्ध कायम रहोस भन्ने शुभकामना दिइन् ।

गीतकार बाबाले २०६५ सालमा काठमाडौंको गुरुकुलमा र २०६८ सालमा पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आफ्नो एकल वाचन गरि छुट्टै पहिचान बनाउन सफल बाबालाई श्रीलंका र कम्बोडियामा समेत एकल वाचन र गायन गर्ने अवसर मिलेको थियो ।

Comments are closed.