अमृत सुवेदी
पोखरा १७ बैशाख/ शुक्रबार पोखरा छोरेपाटनको गुप्तेश्वर महिला जागरण समुहको ३४ जनाको टोली काठमाडौं, सिन्धुपाल्चोकको तातोपानी हुँदै खासासम्मको अवलोकन भ्रमणमा निस्कियो । त्यसको भोलीपल्ट नेपालमा विपत आइप¥यो । गोरखाको बारपाकलई केन्द्रबिन्दु बनाएर गएको विनासकारी भूकम्पले देशभर ठूलो जनधनको क्षति पु¥यायो । यता घरपरिवारमा पनि ठूलो चिन्ता र त्रास छायो ।
शनिबार दिनभर फोन हान्दा पनि सम्पर्क हुन सकेन । त्यसले परिवारको मनमा पनि ठूलो भूकम्प ल्याइदियो । ‘भ्रमणमा गएको टोली सम्पर्कमा नआएपछि परिवारमा रुवाबासी चल्यो’ भ्रमणमा गएकी धनकुमारी पौडेलका श्रीमान नारायण पौडेलले भने ‘भूकम्पको डर भन्दा त्यसले झन् सन्त्रास थपियो ।’ यता भूकम्प जाने डर भन्दा पनि उनीहरुलाई आफ्नो परिवारको पीर धैरै थियो । आइतबार बिहान नौ बजे सम्पर्कमा आएपछि बल्ल सम्पूर्ण जानकारी भयो । कुनै मानविय क्षति भएको रहेनछ । उनीहरु सिन्धुपाल्चोकमा अपपत्र परेका छन् । शनिबार र आइतबार आएको विनासकारी भूकम्पले ठूलो ठूलो जनधनको क्षति पु¥याएको सिन्धुपाल्चोकमा पहिरोले राजमार्गसमेत बन्द छ ।
आइतबार सकुसल रहेको जानकारी दिएपछि उनीहरु सम्पर्क बिहीन भएका थिए । चार दिनपछि बुधबार बिहान सम्पर्कमा आएको आमा समुहको टोली कोदारीको चौकीडाडाँमा अलपत्र परेर बसेको पौडेलले जानकारी दिए । बुधबार बिहान नौ बजे एक चिनियाँ नम्वरबाट फोन आएको र सबैजना उद्धारको पखाईमा रहेको जानकारी पाएपनि फेरी सम्पर्क हुन नसकेको स्थानीय दिपक पोखरेलले जानकारी दिए । बुधबार बिहान सम्पर्क हुँदा उनीहरुलाई स्थानीय युवा क्लवले त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाएको बताएका थिए । उनीहरुले आफुहरु विरामी पर्न थालेको भन्दै तत्काल उद्धार गरिदिन आग्रह गरेका थिए ।
‘शनिबार भूकम्प जाँदा उनीहरु केही चीन तर्फ र केही नेपाल तर्फ रहेछन्’ पौडेलले भने, ‘भूकम्पको धक्का महशुस हुँदा २१ जना चीन तर्फको खासामा र बाँकी नेपाल तर्फ रहेछन् । त्यसबखत भागदौड मच्चिँदा लामो समयपछि मात्रै उनीहरुको भेट भएको रहेछ ।’ उनीहरु गएको बसमा पनि क्षति पुगेपछि ड्राइभर भने पोखरा आईपुगेका छन् । गाडीमा क्षति पुगेपछि त्यहाँबाट सबैलाई छोडेर ड्राईभर पोखरा आइपुगेको उनले जानकारी दिए ।
‘उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा जानकारी गराइएको र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई खबर गरिदिने र आफुहरुलाई पनि सम्पर्क गर्न आग्रह गरेको पौडेलले बताए । पौडेलले सिन्धुपाल्चोकको प्रजिकलाई फोन सम्पर्क गर्दा पहिले घाइतेहरुको उद्धारपछि सहयोग गर्ने बताएका छन् ।
उनीहरु सिन्धुपाल्चोकमा अलपत्र परेदेखि घर परिवार निदाउन सकेका छ्रन् । केटोकेटीहरु अत्तिएका छन् । खानेकुरा नहुँदा उता उनीहरु बिरामी पर्न थालेका छन् । पौडेलले भने,‘हामीसँग हेलिकप्टरको व्यवस्था गर्नसक्ने अवस्था छैन, टेलिफोनमा नियमित सम्पर्कमा रहन फोनै लाग्दैन । हाम्रो कुरा कसले सनिदिन्छ र हजुर ?’
Comments are closed.