९० प्रतिशतसम्म फाइनान्स सुविधा, प्रि–पेमेन्ट शुल्क नलाग्ने
पोखरा ३१ जेठ /टाटा मोटरको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको प्रि– बजेट घोषणा योजना ल्याएको छ । प्यासेन्जर भेइकल किन्ने ग्राहकका लागि धेरै सुविधासहितको योजना कम्पनीले ल्याएको हो ।
योजना अनुसार कम्पनीले ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिनेछ । ग्राहकहरुको सुविधाका लागि अन द स्पट फाइनान्स सुविधा, बैक कागजपत्रको सेवा शुल्क, प्रि–पेमेन्ट शुल्क नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीले इन्डिका, स्र्टोम, सुमो मोभस गाडीको खरीदमा योजना लागु हुने जनाएको छ । बजेटपछि सवारी साधनको राजस्व बढ्ने भएकोले महँगिने भएकोले कम्पनीहरुले प्रि–बजेट योजना ल्याउने गर्छन् ।
Comments are closed.