सिर्जनशीलमा सिकाइ शैलीसम्बन्धी छलफल

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शिक्षण सिकाइसम्बन्धी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा,
संस्थाको नियमित कार्यक्रमअन्तर्गत शनिबार संस्थाका आजीवन सदस्य हरिश्चन्द्र भण्डारीले कक्षाकोठामा सिकारुको सिकाइ शैली शीर्षकको छलफल पत्र प्रस्तुत गर्दै सफल र सार्थक सिकाइका लागि शिक्षक विद्यार्थी सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । शिक्षकले जहिले पनि सिकारुको रुचि,क्षमता र आवश्यकतालाई बुझ्नुपर्छ ।सिकारुको बहुबौद्धिकता र संवेगात्मक पक्षलाई ख्याल गर्नुपर्छ भन्दै शिक्षण सिकाइका विविध विधि , पद्धति , सामग्री प्रयोग र सिकारुको सिकाइमा आउने परिवर्तनका विषयमा प्रकाश पार्नुभयो ।
छलफल पत्रमाथि टिप्पणी गर्दै डा.नवराज न्पौपानेले छलफल पत्रले नवीन र सान्दर्भिक मुद्दालाई उठाएकाले यसलाई अझ मैलिक,अनुसन्धानमूलक र प्रायोगिक बनाउनु पर्ने सुझाव दिनुभयो ।


लेखले लेखकको प्रतिविम्बन खोजेकाले लेखलाई मानक ढाँचा र वस्तुपरक भाषाको प्रयोग गरी व्यवस्थित र उपयोगी बनाउनु पर्नेमा जोड दिनुभयो ।
छलफल पत्रमाथि संस्थाका उपाध्यक्ष सुलोचना खनाल,पूर्व अध्यक्ष डा.भूमिराज वस्ताकोटी,डा.सविन्द्रराज भण्डारी ,विष्णुप्रसाद शर्मा, पीताम्बर पौडेल,सूर्यभक्त सिग्देल,कृष्णप्रसाद त्रिपाठी,सुरज पौडेललगायतले छलफल पत्रमाथि विभिन्न जिज्ञासा राख्नुभयो ।सबैले शिक्षण सिकाइलाई सिकारु र जीवन जगतसँग जोड्नुपर्ने तर्क राख्नुभयो ।
संस्थाका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गणेश चालिसेले गर्नु भएको थियो ।

Comments are closed.