पोखरा हटलाइन,
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थापक सदस्य एवम् उपप्राध्यापक श्रीधर न्यौपानेले आख्यानपुरुष ध्रुवचन्द्र गौतमको ञउपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा मानव सम्बन्धझशीर्षकको अनुसन्धान पत्रमार्फत कृतिलाई अस्तित्ववादी जीवनदृष्टिबाट निरुपण गरेका थिय। उनले कृतिमा मानव अस्तित्वको साधक, अन्य अस्तित्वको बाधक र अन्यसँग द्वन्द्वात्मक सम्बन्ध रहेको देखाए ।
उपन्यासमा प्रमुख भूमिकामा रहेका पात्रहरु लक्ष्मी र रविले एक अर्कालाई अस्तित्वको साधक र बाधकका रुपमा लिँदा ती दुई पात्रका बिचमा द्वन्द्वात्मक सम्बन्ध रहेको कुरालाई आख्यानात्मक र नाटकीय शैलीमा प्रस्तुत गरिएको बताएका छन् गौतमका २८ ओटा उपन्यासमध्ये यो नवौँ उपन्यासमा मानिसले अन्यका बिचमा रहेर आफ्नो अस्तित्व प्रमाणित गर्छ भन्ने तथ्यलाई उपन्यासका साक्ष्य, दार्शनिक पक्ष र अस्तित्ववादी सिद्धान्तका कोणबाट स्पष्ट पारे,अनुसन्धान पत्रमाथि समीक्षा गर्दै डा। भूमिराज बस्ताकोटीले अनुसन्धान पत्रमा मानव सम्बन्धलाई बहुआयामिक कोणबाट चर्चा गरिएको बताए,उनले अनुसन्धान पत्र लेखनमा अनुच्छेदविन्यास र संसक्तिगत पक्षमा जोड दिनुपर्ने सुझाव दिए उनले अनुसन्धान पत्रलाई अझ वस्तुपरक र अनुसन्धानमूलक बनाउन राम्रो हुने तर्क राखे,
कार्यक्रममा सुरज पौडेल, डा.लक्ष्मीशरण अधिकारी, डा.सबिन्द्रराज भण्डारी, सुलोचना खनाल, सूर्यभक्त सिग्देललगायतले विभिन्न टिप्पणी र जिज्ञासा राखेका थिए । कार्यक्रममा हिममाया पौडेल र रेसम सुवेदीले सिर्जना सुनाएका थिए । यस्तै आजीवन सदस्य प्रा। डा।यमबहादुर पौडेल क्षत्रीलाई सम्मान र आर्थिक सहयोग गर्नुहुने उपप्राध्यापक रामेश्वर बराललाई धन्यवाद दिइएको थियो ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको छ ।
Comments are closed.