सिर्जना आमा समूहको अध्यक्षमा पुनः हरिमाया भण्डारी


पोखरा,

पोखरा महानगरपालिका वडा नं. १५ मा अवस्थित सिर्जना आमा समूहको अध्यक्षमा पुनः हरिमाया भण्डारी निर्वाचित भएकी छिन् । समूहको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनबाट समूहको उपाध्यक्षमा मनमाया शर्मा, सचिवमा गीता सुवेदी, कोषाध्यक्षमा यशोधा तीवारी, सहसचिवमा भगवती लम्साल, सहकोषाध्यक्षमा राधा ढकाल निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा विन्दु तिवारी, लक्ष्मी सुवेदी, चन्द्रकुमारी नगरकोटी, मैना भुसाल, रन्जता पोखरेल, नरमाया रेग्मी, अम्बिका सापकोटा, शान्ता खड्का र गीता पुन निर्वाचित भएका छन् ।
त्यसैगरि समूहको सल्लाहकारमा कमला लामिछाने, छलीसरा पोखरेल, जीवन थापा, अञ्जु नेपाली, सन्तोषी पाण्डे र बसन्त सिग्देललाई चयन गरेको छ ।
साथै सोही स्थानको सिर्जना मार्ग टोल विकास संस्थाको तेश्रो साधारण सभा समेत सम्पन्न भएको छ ।
कार्यक्रममा शुक्लेश्वर महादेव मन्दिरका अध्यक्ष घनश्याम भण्डारीले टोलमा जति धेरै मानविय वस्ती र व्यक्ति थपिन्छन् त्यतीनै टोलको विकास हुँदै जाने बताए । त्यस्तै सिर्जना टोल विकास संस्थाका अध्यक्ष विष्णु तीवारीले टोल विकासको लागि धेरै कार्य गर्दै आएको बताए । साथै अहिले भैरहेको समस्यालाई पनि छिट्टै समाधान गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आमा समूहकी निर्वाचित अध्यक्ष हरिमाया भण्डारीले टोल विकासको लागि आफ्नो समूह निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रमको सञ्चालन सिर्जना टोल विकास संस्थाका उपाध्यक्ष केदार पोखरेलले गरेका थिए ।

Comments are closed.