पाेखरा १४ असार/ पोखराको सुजल फुड्सले चाकोफनको नयाँ उत्सादन बजारमा ल्याएको छ । १५ वर्षदेखि चोकोफनको रमाइलो पन बजारमा ल्याएको ‘चोकोफन बिग फन’ नामक अर्को नयाँ उत्पादन उपभोक्ता माझ ल्याएको हो । जसको मूल्य १० रुपैयाँ रहेको छ । चोकोफनको नयाँ उत्पादनले उपभोक्ताको मन जित्ने दाबी गरेको फुड्सले अहिले देशभर प्रचार अभियान थालेको छ । सुजल फुड्सको सुरुदेखि नै चकलेट वेफरको रुपमा आफूलाई चिनाउन सफल रहेको कमपनीले दाबी गरेको छ ।
५ वर्षको लामो अनुसन्धानपछि फुड्सले ग्राहकको अपेक्षा अनुरुप चाकोफनको नयाँउत्पादन ‘चोकोफनबिगफन’ बजारमा ल्याएको बताएको छ । ‘चोकोफनबिगफन’ ६० वटाको प्लास्टिक बट्टा, १२ वटाको रिटेलप्याक र २४ वटाको मोनो कार्टनमा बजारमा उपलब्ध रहेको फुड्सले जनाएको छ । अन्तर्राष्ट्रि«य मापदण्ड प्राप्त, लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रालिले विगत चार दशकदेखि कन्फेक्सनरी उत्पादन गर्दै आएको कम्पनी हो ।
Comments are closed.