–अर्जुन भण्डारी
हाम्रो समाजमा सुनको निकै विशिष्ट महत्व रहेको छ । सुनलाई एक बहुमुल्य धातुको रुपमा मात्र नभई शुद्धताको प्रतिकको रुपमा पनि हेर्ने गरिन्छ । सुनलाई बैज्ञानिक भाषामा औरम (AU) भनिन्छ । विशेषगरी गरगहनाको रुपमा प्रयोग गरिने सुनलाई अन्य कुराहरु जस्तै मठ मन्दिरहरुमा गजुर, मुर्ति, छाना लगायत दाँत, पुरस्कार, तक्मा जस्ता विभिन्न कुराहरुमा पनि प्रयोग गरिन्छ । सुन चम्किलो, खिया नालाग्ने र आवस्यकता अनुसार स्वरुप बदल्न सकिने, लागाउँदा शारिरीक सौन्दर्यतामा बृद्धिहुने भएकाले मानिसहरु गर गहनाको रुपमा यसलाई प्रयोग गरेको पाइन्छ । खासगरी विवाह, बर्तबन्ध, पास्नी, सप्ताह, एकाह जस्ता हिन्दु धर्मका विभिन्न शुभकार्यहरुमा पनि सुनको निकै प्रयोग पाइन्छ । विवाहमा औंठी साटासाट गरी शुभारम्भ गरिन्छ भने मंगलसुत्र अथवा तिलहरीको पनि छुट्टै महत्व रहेको छ । सुन मुल्यवान हुनु र यसको विभिन्न विशेषताहरुको कारणले गर्दा यसप्रति सवैको चासो रहेको पाइन्छ ।
सुनलाई आजभोली सौन्दर्यताको रुपमा मात्र नहेरी इज्जतको रुपमा पनि हेर्ने चलन छ । यसको प्रभावले विवाह, बर्तवन्ध जस्ता शुभकार्यहरु दिनानुदिन खर्चिला बन्दै गइरहेका छन । नेपालमा सुनको उत्पादन नहुनु र अत्याधिक उपभोग हुनुले देशको प्रमुख आयात हुने बस्तुहरुमा सुन पनि मुख्य बस्तु अन्र्तगत पर्न गएको छ । यस्तो असर कम गर्न नेपाल सरकारले विलासिताको बस्तु भन्दै सुनको आयातमा कर लगाउन थालेको छ । जुन २०७६ मंसिरवाट प्रति १० ग्राम रु. ८५०० रहेको छ । सुनको मुल्य नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले हरेक दिन विहान १० बजे सार्वजनिक गर्दछ । ब्यावसायीहरु सोही अनुसार सुनको कारोवार गर्दछन । नेपालमा सुनको आयात बढेर विदेशी मुद्रा संचितीमा असर पारेको भन्दै सरकारले सोझै सुन आयातमा रोक लगाएको छ । वि.सं.२०६६ पछि बैंकहरुबाट सुन किन्नु पर्ने ब्यवस्था मिलाइएको छ ।
सुनको महत्वको कुरा गर्दा बैंकिङ्ग प्रणालीको विकास हुने भन्दा पहिले बस्तु तथा सेवाको खरिद विक्रि गर्ने माध्यमको रुपमा कार्य गर्दथ्यो । आजभोली घर जग्गालाई सम्पतिको रुपमा हेरिन्छ भने पहिले सुनलाई नै महत्वपुर्ण सम्पत्तिको रुपमा हेर्ने गरिन्थ्यो । बैकिङ्ग प्रणालीको विकास पनि सुनको कारोवार गर्नेहरुले नै गरेका हुन उनीहरुले सुन धितो राखि ऋण प्रदान गर्ने कार्यको विकसित रुप नै बैँकलाई मान्न सकिन्छ । मल्लकालिन राजा रत्नमल्ले सुनको सिक्का बनाई बस्तु तथा सेवाको कारोबारमा सहजता पुर्याएका इतिहाँसले पनि सुनको महत्व विशेष रहेको मान्न सकिन्छ ।
नेपाल जस्तै भारत, चीन तथा अफ्रिका महादेशका विभिन्न देशहरुमा सुनलाई गर गहनाको रुपमा प्रयोग गर्ने गरिन्छ भने युरोप अमेरिका तथा अन्य देशहरुमा सुनलाई आफ्नै महत्व अनुसार प्रयोग गरिन्छ । एडम् स्मीथ, डेविट रिर्काडो, थोमस रोवर्ट माल्थस जस्ता शास्त्रीय अर्थशास्त्रीहरुको अनुसार जुन देशमा सुनको बचत धेरै हुन्छ सो देश सम्पन्न मानिन्छ ।
नेपालमा सुन तोलाको रुपमा कारोवार हुने गरेता पनि अन्र्तराष्ट्रिय बजारमा भने औंसको परिमाणमा कारोबार गर्ने गरिन्छ जहाँ प्रति १ औँस बरावर २८.३४९५ ग्राम अथवा १ तोला बराबर ११.६६३८१२५ ग्राम हुन्छ । अन्र्तराष्ट्रिय बजारमा गत बर्ष भाद्र मसान्तमा १५१५ अमेरिकी डलर प्रति औँस थियो भने २०७७ भाद्र २० गते १,९३५अमेरिकी डलर प्रति औंस रहेको थियो । हाल सम्मको उच्चतम विन्दु २०७७ श्रावण २२ गते २,०७० अमेरिकी डलर प्रति औँस रहेको थियो । त्यस्तै नेपालमा गत बर्ष भाद्र अन्तिम साता प्रति तोला रु. ६५,००० रहेको थियो भने आज प्रति तोला रु ९६,१०० रहको छ भने हाल सम्मकै उच्च मुल्य गत श्रावण २३ गते प्रति तोला रु १,०३,५०० पुगेको थियो । रसियाका राष्ट्रपति पुटिनले आफ्ना बैज्ञानिकहरुले कोरोना भाइरस विरुद्ध औषधी बनाएको सार्वजनिक गरेपछि भने सुनको मुल्यमा केहि गिरावट आएको छ ।
ब्यावसायी तथा अर्थशास्त्रीहरुको अनुसार विश्वब्यापी रुपमा नै सुनको मुल्यमा उल्लेख्य बृद्धी भएको छ जस्को असर नेपालमा पनि प्रत्यक्ष रुपमा देखा पर्न गएको छ । नेपालमा सुनको मुल्य बढेसंगै सुन किन्न आउनेको संख्यामा निकै कम भएको छ । यसपाली तिजमा पनि सुनको खासै ब्यापार नभएको ब्यापारी हरु बताउँछन । नेपालमा दैनिक करिव २५ देखि ३० किलो सुन विक्रि हुने गरेकोमा हाल लकडाउन तथा कोरोनाको महामारीको प्रभावले १० किलो भन्दा पनि कम मात्र विक्रि भएको तथ्याँकले बताएको छ । तर नेपालमा गरिने सुनको माग र पुर्ति विश्व बजारको सानो हिस्सामात्र ओगट्ने भएकाले नेपाली बजारमा हुने माग र पुर्तिमा हुने घटबढले सुनको मुल्यमा खासै प्रभाव पार्दैन । सुनको मुल्यमा जति बृद्धि भएता पनि विक्रि गर्न चाहानेको सजिलै विक्री भइरहेको ब्यावसायीहरुको तर्क रहेको छ ।
प्राकृतिक अनविकरणीय स्रोत सुनखानी पत्ता लगाई सुनलाई प्रसोधन गर्न निकै लामो समय लाग्ने भएकाले तत्काल सुनको मागलाई पुरा गर्न नसकिने भएकाले मुल्य बृद्धी भएको हो । सुन विभिन्न देशमा पाइने भएता पनि सुनको प्रशोधन खर्च सुनको बास्तविक मुल्य भन्दा धेरै पर्ने हुँदा विश्वका केहि देशहरुले मात्र सुनको उत्पादन उल्लेख्य रुपमा गरेका छन । जसमध्ये अफ्रिका, अमेरिका, अष्टे्रलिया, रसिया, चाइना मुख्यरुपमा सुनको उत्पादक हुन । २०१९ मा चीनले सवैभन्दा बढि ४२० मेट्रिक टन सुन उत्पादन गर्न सफल भएको थियो । चाइनाले विश्वको धेरै सुुन उत्पादन गर्ने भएता पनि हाल विश्वबजारमा चाइनाको सुन किन्न पाइँदैन ।
सुनको उपयोग
गरगहना
सुनलाई आवस्यकता अनुसारको आकारमा डिजाइन गर्न सकिने, खिया नलाग्ने, चम्किलो वा सुन्दर देखिने, लगाउँदा शरिरमा असर नगर्ने जस्ता विभिन्न गुणहरु भएकाले गरगहना बनाउन प्रयोग गरिन्छ । विश्व बजारमा करिव ५२ प्रतिशत सुन गर गहना बनाउन प्रयोग गरिन्छ । सुनलाई सफलता र शक्तिको सुचकको रुपमा लिइने भएकाले पनि सुनबाट बनेका बस्तुहरु धारण गरिन्छ ।
मौद्रिक तथा वित्तिय क्षेत्र
सुनलाई मुद्राको रुपमा पनि हेर्ने गरिन्थ्यो, सुनका सिक्काहरु ीनमार्ण गरि ब्यापार ब्यावसायलाई सहजता प्रदान गरिन्थ्यो । देशका केन्द्रिय ले कागजी नोठ निस्कासन गर्दा सुनलाई मौज्दातको रुपमा राख्नु पर्ने प्रावधान रहेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुुसार दफा ५२ को बैड्ढ नोट र सिक्का निष्कासन गर्ने अधिकार : (१) बैड्ढलाई नेपाल भित्र बैंक नोट तथा सिक्का निष्कासन गर्ने एकाधिकार हुनेछ । यस्तो नोट तथा सिक्का नेपालमा कानूनी ग्राह्य हुनेछ । (२) उपदफा (१) बमोजिम बैंकले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्नेछ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ । सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकार पत्रमध्ये एक वा एक भन्दा बढीमा र अरु बाँकी प्रतिशत सिक्का (मोहर, डबल र सो भन्दा बढी दरको), नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र बैंकबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढीमा राखिनेछ । तर नेपाल सरकारलेस्वीकृति दिएमा सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम चालीस प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकारपत्र मध्ये एक वा एक भन्दा बढीमा र अरु बाँकी प्रतिशत नेपाली सिक्का (मोहर, डबल र सो भन्दा बढी दरको), नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र बैंकबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढीमा पनि राख्न सकिनेछ ।
लगानीको साधन
सुन एक लोकप्रिय र सुरक्षित मानिने लगानीको साधन हो । विभिन्न आर्थिक परिस्थीतिहरु मुद्रा स्फीर्ति, आर्थिक मन्दी, आर्थिक संकट जस्ता तत्वहरुले नकारात्मक प्रभाव पार्न नसक्ने हुँदा यसलाई एक उपयुक्त लगानीको साधनको रुपमा लिइने गरिन्छ । आजभोली विश्वमा सुनको प्रत्यक्ष खरिद विक्री नभइ डिजिटल माध्यमवाट इ.टी.एफ (Electronic Traded Fund) ले खरिद विक्री गरि लगानी गर्न सहज बनाएकोे छ ।
ऋणमा धितो राख्न
बैँक तथा वित्तिय संस्थाहरुले सुन धितो राखी ऋण दिने गर्दछन । तत्काल घर जग्गा धितो राखी कर्जा लिनु सम्भव नभएको अवस्थामा सुन निकै उपयोगि बस्तुको रुपमा लिने गरिन्छ ।
औषधीहरु बनाउन
सुनलाई विभिन्न औषधीहरु निमार्ण गर्न पनि प्रयोग गरिन्छ जस्तै छालाको अल्सर, विभिन्न ब्याक्टेरिया विरुद, विष कम गर्ने, इन्फेक्सन कम गर्ने, कानको भित्रिभागको उपचार गर्ने जस्ता विभिन्न औषधी बनाउन प्रयोग गरिन्छ ।
इलेक्ट्र्निक्स बस्तु बनाउन
सुन निकै सुचालक र खिया नलाग्ने, कम विद्युत अवरोध क्षमता भएको कारण मोवाइल, कम्प्युटर, टिभी जस्ता बस्तुहरुको एल इ डी निमार्ण गर्न, चिप हरु बनाउन यसको प्रयोग गरिन्छ । विश्व बजारको करिब ३७ प्रतिशत हिस्सा इलेक्ट्रेनिक्स बस्तु उत्पादन गर्दा प्रयोग हुन्छ ।
सुनको मुल्यमा प्रभाव पार्ने मुख्य तत्वहरु
१. अमेरिकी डलरको मुल्यः
केन्द्रिय बैंकहरुले अमेरिकी डलर लाई संचित गरि राख्नु पर्दछ । जुन सर्वस्वीकार्य मुद्रा हो । यो सवै देशहरुमा सजिलै स्वीकार्य हुने भएकाले अन्र्तराष्ट्यि ब्यापारमा यस्ले सहजता प्रदान गर्दछ । नेपालमा नेपाल राष्ट्र बैँकले अमेरिकी डलरको सटही दर तोक्ने तथा संचिती गर्ने गर्दछ । मौद्रिक निति २०७७।७८ अनुसार नेपालमा करिब १४ महिनाको आयात धान्न सक्ने गरि अमेरिकी डलर संचिती रहेको छ । नेपाल राष्ट्र बैंकमा २०७६।७७ को प्रतिवेदन अनुसार ६,४०० किलो सुन मौज्दात रहेको छ जस्को मूल्य रु. १३०६ करोड ४८ लाख बराबरको रहेको छ । हाल अमेरिकी अर्थतन्त्र खस्कीँदो रहेकोले अमेरिकी डलरको दर पनि घट्ने सम्भावना रहेको छ । त्यसैले अमेरिकी डलरमा लगानी गर्ने संस्थाहरुले सुनमा लगानी गर्न थालेपछि सुनको मागमा बृद्धि भई मुल्य बढ्न गएको हो । त्यस्तै केन्द्रिय बैंकहरुले पनि डलर संचीती घटाई सुनको संचितिमा बृद्धि गर्नाले पनि सुनको मुल्य बढ्न गएको पाइन्छ ।
२. ब्याज दर
नेपाली समुदाय अनुसार ब्याजदरको उतार चढावले सुनको मुल्यमा कम असर गरेता पनि अन्र्तराष्ट्रिय बजारमा ब्याजदरले सुुनको मुल्यमा प्रभाव पार्दछ । सुरक्षित लगानीको वातावरण नहुनु, शेयर बजारको मुल्य घट्दै जानु, ब्याजदर कम हुनाले बैंकमा बचत गर्दा ब्याज कम आउनुले सुनमा लगानी गर्न प्रेरित गर्दछ । जुन सवै भन्दा बढि सुरक्षित लगानी मान्ने गरिन्छ ।
३. कोरोनाको कहर
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर सवै क्षेत्रमा परेको पाइन्छ । कोरोनाको कारणले सुरक्षित लगानीको बातावरण नभएकोले मुद्रा स्फीर्ती हुने सम्भावना उच्च हँदा आँफुसंग भएको शेयर विक्रि गरि अथवा नगदलाई सुरक्षित लगानीगर्न सुन तर्फ लगानीकर्ताहरु आर्कशित भएका छन् । हालको अवस्थामा सुनमा लगानी गर्न उचित हुने देखिएकाले लगानीकर्ताहरुको सुनमा लगानी गर्न उत्साहित भएका छन । त्यसैले सुनको मागमा बृद्धि हुन गई सुनको मुल्यमा बृद्धि भएको हो । रसियाका राष्ट्रपति पुटिनले आफ्ना बैज्ञानिकहरुले कोरोना भाइरस विरुद्ध औषधी बनाएको सार्वजनिक गरेपछि भने सुनको मुल्यमा केहि गिरावट आएको छ ।
४. अन्तरराष्ट्रीय ब्यापार सम्वन्ध
विश्वब्यापी बजारका ठुला तथा शक्तिशाली राष्ट्रहरु अमेरिका र चीन, अमेरिका र इरान, जस्ता देशको ब्यापारिक सम्बन्ध स्थीर नहुनाले पनि सुनको बजारमा उतार चढाव हुन्छ । विश्वको दोस्रो ठुलो सुन उत्पादक चीनले आँफुले उत्पादन गरेको सुन विश्व बजारमा बिक्रि गर्न छोड्नाले सुनको मागमा चाप पर्नाले पनि सुनको मुल्यमा भारी बृद्धि भएको हो ।
सुनको मुल्य कहिले सम्म बढ्छ ?
सुनको मुल्य सुन बजारको करिब ७५ प्रतिशत हिस्सा ओगटेको अमेरिकी अर्थनितिमा निर्भर गर्दछ । अमेरिकी टे्रजरीले प्रत्येक शुक्रवार विहान सुनको मुल्य तोकी निश्चित परिमाण बजारमा विक्रिको लागि राख्दछ । यदि विक्रिका लागि राखिएको परिमाण सवै विक्रि भएमा उक्त मुल्यमा बढोत्तरी गरि अर्काे शुक्रवार नयाँदरमा सुन विक्रीमा राख्दछ । यदि राखिएको परिमाण भन्दा कम विक्री भएमा सोहि अनुसार नयाँ दर कायम गरिन्छ । यस दरको प्रभाव विश्व बजारमा प्रत्यक्ष रुपमा पर्न जान्छ । नेपालमा पनि सोही दर अनुसार सुनको मुल्य कायम गरिन्छ । अर्काे सम्भावनाको कुरा गर्दा हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव कम भएमा अथवा औषधी बजारमा आई लगानी योग्य वातावरण बनेको अवस्थामा लगानीकर्ताहरुले सुनमा गरेको लगानी रकम घटाई अन्य क्षेत्रमा लगानी बढाउन खोज्दा सुनको पुर्ति परिमाणमा बृद्धि हुन गएमा सुनको मुल्य घट्न सक्ने सम्भावना रहन्छ ।
यसरी सुनको मुल्यमा क्रमशः बृद्धि भइरहँदा अवैध कारोवार बढ्न सक्ने, भन्सार छली हुन सक्ने, सुनको शुद्धतामा जोखिम हुन सक्ने, अपराधहरु हुन सक्ने सम्भावना पनि बढ्ने आँकलन गरिएको छ ।
Comments are closed.