सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।बजारमा कारोबारका लागि छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय र र तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपैयाँ तोकिएको थियो ।बिहीबार तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १४ सय तोकिएको छ ।

Comments are closed.