सुनचाँदीको मूल्य बढ्यो

पोखरा,
शुक्रबार बजारमा सुनचाँदीको २ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार २ सयले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments are closed.