सुनाखरीका केही सन्देशहरु

कृति टिप्पणी


scan0002

माधव शर्मा / सुनाखरी सन्देश ८ भाग अहिले मेरो हातमा छ । सरुभक्त र हरिदेवीसमेत ८÷८ जना नाम कहलिएका सल्लाहकारहरु त्यसैगरी प्रकाशकदेखि व्यवस्थापनमा पनि ८÷८ जना संलग्न रहेको प्रकाशन सुनाखरी वास्तवमा कास्की पोखराबाट प्रकाशित भइरहेको अति थोरै साहित्यिक पत्रिका मध्येको एक द्वैमासिक प्रकाशन हो । यसबाट पनि साहित्यिक पत्रपत्रिका प्रकाशन गर्न तिनलाई व्यवस्थित गर्न र अझ व्यावसायिक प्रकाशन बनाउन कति गाह्रो रहेछ भन्ने पक्षलाई उजागर गर्न सहयोग पुर्याउँछ ।

त्यसैगरी २०÷२२ वटा दैनिक र साप्ताहिक समाचारपत्र तथा २३÷२४ वटा एफ.एम. रेडियो र अनगिन्ति अनलाइनहरु रहेको पोखरामा साहित्यिक संगालोहरु एक त थोरै र त्यै पनि मरनच्याँसे अवस्थामा रहनुबाट पनि साहित्यिक प्रकाशनको मर्म पहिल्याउन सकिन्छ । सुनाखरी भित्र रहेको समिक्षाहरुलाई पन्छाउने हो भने एकाध नाटक विधा भन्दा यसमा गीत, कविता र गजलहरुले आफ्नो वर्चस्व राख्न सफल भएका छन् यस अंकमा ।

जुन गीत, कविता र गजलहरु मन छुने र मर्मस्पर्शी छन् “जनता र देशका लागि काम गर्नुभन्दा प्रायः सबै नेताको छ कमाउने धन्दा” पदमराज ढकालको तितो सत्यदेखि लिएर प्रमोद धितालको “जब नियोजित भाडाका मानिसले क्रान्तिको वर्णमाला फलाकिरहेको देख्छु” आफै उभिएको जमिन पनि माइन बिच्छ्याएर उडाउन मन लाग्छ ।

अत्यन्त चोटिलो कविता छन् । त्यसैगरी गजलमा “आफु सकिएर अरुलाई बचाउने” मृत्यु सञ्जिवनी अभागी रहेछ । सुमन मुस्कानको गजल र मुक्त उदासको “आमा म आफ्नै गाउँ फर्किएर आउँदैछु” यो सहरको झिलिमिलिमा आगो लगाएर” साँच्चै मार्मिक छन् । सम्पादक फडिन्द्र अकिञ्चनको यो प्रयासहरु प्रशासनीय छन् । भविष्यमा सुनाखरी सन्देश यस क्षेत्रकै साँच्चै सुनाखरी बन्नेमा विश्वस्त हुने ठाउँहरु छन् । मूल्य रु ५०÷– पत्रिका किनेर पढ्नेका लागि धेरै त होइन । तर, एक कप कफिको ८० रुपैया तिर्नेहरु पनि रु ५०तिर्न भने अन्कनाउनेहको लागि यो मूल्य बढी नै भन्नु पर्दछ ।

टिप्पणीकार  हटलाइनका प्रधान सम्पादक र प्रेस काउन्सिल पश्चिमाञ्चल संयाेजक हुन् । 

Comments are closed.