बाग्लुङको तमानखोला र बडिगार्ड गाउँपालिकाका गरी ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तमानखोलाका ४ र बडिगार्डका २ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश प्रयोगलशालाले जनाएको छ ।तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । गाउँपालिकाको क्वारेन्टाइनमा उनीहरूलाई राखिनेछ ।
Comments are closed.