कास्कीकाे पर्यटकीय गाउँ ताङतिङ । पहिले कास्कीकाे विकट गाउँ मध्य पर्ने ताङतिङमा अहिले पर्यटनले राम्रा सम्भावनाकाे ढाेका खाेलेकाे छ । अधिकाङ्श गुरुङ समुदाय रहेकाे याे गाउँमा बस्न छाेडेकाहरु पनि पर्यटकीय रुपमा गाउँ महत्वमा परेपछि विस्तारै गाउँ फर्कन थालेका छन्। यहाँका अामा समुह, बाउ समुह, युवा क्लव लगायतका सस्थाले गाउँकाे विकासका लागि विभिन्न काम गर्दै अाएका छन् भने पर्यटन बाेर्ड लगायतका सरकारी निकायले पनि पर्यटकीय विकासका लागि सहयाेग गरिरहेका छन् । नामर्जुङ गाविसस्थित ताङतिङ गाउँमा अहिले हाेम स्टे व्यवस्था छ । याे गाउँमा चैते दशैमा ठूलाे मेला पनि लाग्ने गर्दछ ।
समुन्द्री सहतबाट करिव एक हजार ६ सय ५० मिटरको उचाइमा रहेकोे यो गाउँ पोखरादेखि २७ किलोमिटर ताङतङि चाँसुसम्म मोटर र २ घण्टाको पैदलमा पुग्न सकिन्छ । जम्मा दुई सय घर रहेको गो गाउँ प्राकृतिक, सांस्कृतिक तथा धार्मिक रुपमा समेत महत्वपूर्ण छ ।
नेपाल पर्यटन बोर्ड पाेखराकी वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठलार्इ गाउँमा स्वागत गर्दै स्थानीय ।
गाउँ जाँदै गरेका स्थानीय तथा अान्तरिक पर्यटक ।
ताङतिङ जानका लागि बनेको कच्ची मोटरबाटो ।
गाउँमा लाग्ने चैते दशै मेलामा स्वागत गर्दै स्थानीय अामा समुह ।
Comments are closed.