सुबास सुवेदीको निर्देशनमा शर्ट फिल्म ‘किलो’ सार्बजनिक

आश्विन २९, २०७७

सुबास सुवेदीको निर्देशनमा बनेको शर्ट फिल्म ‘किलो’ युट्युबमा सार्बजनिक गरिएको छ । फिल्म विदेशिएको छोरा र घरमा एक्लो भएको बाबुमाथि कोरोना महामारीले ल्याएको समस्याहरु माथि केन्द्रित रहेको छ । फिल्ममा जनक पराजुली, अर्जुन पाण्डे, सृष्टि आचार्य र सुप्रिम श्रेष्ठको अभिनय रहेको छ । शंकर कार्कीको कन्सेप्टमा तयार भएको यस फिल्ममा निर्देशक सुवेदीकै छायांकन, नेत्र गुरुङको साउण्ड डिजाइन तथा सम्पादन रहेको छ ।दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका र थुप्रै प्रोजेक्टहरुमा छायाँकारको रुपमा पनि काम गरिसकेका निर्देशक सुवेदीले  देश विदेशका विभिन्न फिल्म तथा वृत्तचित्रहरुमा प्रोडक्सनको जिम्मेवारी पनि निभाएका छन् । यस शर्ट फिल्म मार्फत उनले आफ्नो निर्देशकीय क्षमता पनि तिखार्ने प्रयास गरेका छन् ।साथै सुबेदीले आफु छिटै आफ्नै निर्देशन को फिल्म समेत शुरु गर्न लागेको जानकारी दिए ।

Comments are closed.