उत्तम पौडेल,
पोखरा हटलाईन,
देशभर नै संक्रमण तिव्र गतिमा बढेपछि स्थानीय तह र प्रदेश सरकारहरुले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् । कोरोनाका कारण नेपालमा मानिसहरुको मृत्यु हुने संख्या पनि बढेको छ । जिल्ला प्रशाशन कार्यालय कास्की ले पनि आज देखी जिल्लामा जारी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा भदौ ७ गते राती १२ बजे सम्म लागु हुनेछ ।
हिजो सम्म भिड भाड देखिएको पोखराको बजार पनि आज सुनसान छ ।अत्यावश्यक बाहेकाका सावारी साधन पुर्ण रुपमा बन्द छन ।कोरोना सन्क्रमण द्रुत गतिमा बड्न थाले सगै लागु गरिएको यसपाली को निषेधाज्ञा आम नागरिक हरुले पनि पछिल्लो लकडाउन भन्दा बढी सम्बेदन शिल रुपमा लिएको पाइएको छ ।
तस्बिर हरु :सन्जय शाक्य,पोखरा हटलाईन।
Comments are closed.