पोखरा २ चैत । साेमबारदेखि पाेखरा साेमसाेम सिधा बस सेवा सुरु भएकाे छ । पाेखरादेखि हिमाल पारिकाे जिल्ला मुस्ताङकाे जाेमसाेमसम्म यात्रुबहाक बससेवाकाे सुरु भएसँगै अब भने ठाउँठाउँ बस फेर्नुपर्ने समस्या टरेकाे छ । नियमित सिधा बस सञ्चालनको लागि पृथ्बीराजमार्ग बस सञ्चालक समिति र मुस्ताङ जिप तथा बस ब्यबशायी समितिबीच भएको सहमति अनुसार बिहान ८ बजे पोखराबाट २६ यात्रु सहित जोमसोमको लागि बस छुटेको हाे ।
त्यस्तै जोमसोमबाट पनि बिहान ७ बजेनै १७ यात्रु सहित पोखराको लागि बस छुटेको पृथ्बीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले जानकारी दिए । बस सेवाको पोखराबाट पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन् ।
पोखरा–जोमसोम सडक खण्डमा पर्ने म्याग्दी बेनी र मुस्ताङका यातायात ब्यबशायीको सिण्डिकेटलाई तोड्दै पहिलोपटक सिधा बस सेवा सञ्चालनमा आएको हो । पहिलो चरणमा दुबैतर्फ एक÷एक बस सञ्चालनमा ल्याएको र यात्रुको चाप बढे बस संख्या थपिने साईले बताएका छन् । दुबै समितिले बराबर संख्यामा बस चलाउने सहमति गरेका छन् ।
पोखराबाट जोमसोमसम्मको एकतर्फि भाडा १२ सय रुपैया तोकिएको छ । यो भाडादर स्वदेशी र बिदेशी सबै यात्रुका लागि समान हो । पोखराबाट बेनी ८१ र बेनीबाट जोमसोम ७४ किलोमिटर बाटो पार गर्न करिब १० घण्टा लाग्ने उनले बताए ।
स्थानिय यातायात ब्यबशायीको सिण्डिकेटले पोखराबाट मुक्तिनाथ दर्शनको लागि गएका तीर्थयात्री र पर्यटकले कम्तिमा आधा दर्जन सवारी फेर्नुपर्ने बाध्यता थियो । मुस्ताङ बस तथा जिप ब्यबशायी समितिका सचिब राजु लालचनले यात्रुको सुबिधाका लागि सिधा बस सेवा सञ्चालनमा ल्याएको बताए ।
Comments are closed.