पश्चिमाञ्चलमा एक लाख बढी परीक्षार्थी
कास्कीमा दृष्टिविहीन १० र सुस्तश्रवण १२ जना सहभागि
एक सय ५९ जना परीक्षा दिनबाट बञ्चित
चिट चोर्ने र चोराउनेलाई नछाडिने
पाेखरा ५ चैत /विद्यालय शिक्षाको फलामे ढोका मानिने एसएलसी परिक्षा आजबाट सुरु भएकाे छ । अाज अङ्ग्रेजी बिषयकाे परिक्षा दिएका छन् भने भाेली शुक्रबार नेपाली बिषयकाे परिक्षा हुँदैछ । यसबर्ष देशभरबाट पाँच लाख ७४ हजार ६ सय ८५ परिक्षार्थी सहभागि छन् । परिक्षाको लागि देशभर एक हजार ८ सय ६२ परिक्षा केन्द्र तोकिएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रबाट भने एक लाख दुई हजार ६ सय ४७ परिक्षार्थी सहभागि रहेकाे क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले जनाएको छ । जसमध्ये नियमित तर्फ ८२ हजार एक सय ९१, एक्जाम्टेड तर्फ १९ हजार ६ सय १२ र प्राविधिकतर्फ ८ सय ४४ विद्यार्थी छन्। पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १५ हजार ४ सय ३५ तथा सबैभन्दा कम मनाङबाट ७४ परिक्षार्थी सहभागि रहेकाे निर्देशनालयका शाखा अधिकृत बद्री सुवेदीले जानकारी दिए ।
परीक्षाको लागि यस क्षेत्रमा ३ सय ८० परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परिक्षार्थी भएको रुपन्देहीमा ५२ र सबैभन्दा कम परिक्षार्थी रहेको मनाङ र मुस्ताङमा एक÷एक परीक्षा केन्द्र तोकिएको छ । कास्कीमा भने योबर्ष ३० वटा परीक्षा केन्द्रबाट १० हजार ७ सय ३७ परिक्षार्थी सहभागि छन् । जसमध्ये नियमिततर्फ प्राविधिक ६२ सहित ९ हजार ५ सय ५८ र एक्जाम्टेड तर्फ एक हजार एक सय ८९ तथा प्राविधिक परीक्षार्थी रहेका छन् ।
कास्कीमा दृष्टिविहीन १० र सुस्तश्रवण १२ गरी अपा·ता भएका २२ परिक्षार्थी सहभागि रहेकाे जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । कास्कीमा एसएलसिको लागि फारम भरेका मध्ये ७५ प्रतिशत हाजिरी नपुगेका एक सय ५९ विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् ।
क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ अर्यालका अनुसार परीक्षालाई सकेसम्म मर्यादित र व्यवस्थित बनाईएकाे छ । चिट चोर्ने वा चोराउने तथा मर्यादा विपरीत क्रियाकलाप गर्नेलाई एक लाख सम्म जरिवाना, ६ महिना कैद वा कसुरको मात्रा हेरी दुवै सजाय हुनसक्नेछ । पश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजी पंकज श्रेष्ठका अनुसार सबै परीक्षा केन्द्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एउटा केन्द्रमा कम्तीमा १० जना प्रहरी खटाउने उनले बताएका छन् । पश्चिमाञ्चलको मनाङ र मुस्ताङ जिल्लामा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।
निः शुल्क प्याडको व्यवस्था
कास्कीका सबै एसएलसी केन्द्रहरुमा छात्राहरुका लागि प्याडको व्यवस्था गरिएको छ । कास्कीका ४ गाविस सहित लेखनाथ र पोखराका ३० वटा केन्द्रका केन्द्राध्यक्षहरुलाई जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद अधिकारीले प्याड हस्तान्तरण गरिसकेका छन् । केन्द्राध्यक्षहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख ले प्याड व्यवस्था गर्दै प्रमुख लक्ष्मी जिसीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई हस्तान्तरण गरेकी थिईन् । तिनै प्याड जिल्ला शिक्षा कार्यालयमार्फत् परीक्षा केन्द्रहरुमा पठाईएको हो । महिला तथा बालबालिका कार्यालयकी प्रमुख जिसीले देख्दा सानो भएपनि छात्राहरुमा रजस्वला हुँदा प्याडको अभावका कारण छात्रामा ठूलो असर पर्न सक्ने समस्यालाई मध्यनगर गर्दै प्याडको व्यवस्था गरिएको बताईन् । साथै कास्कीका सबै परीक्षा केन्द्रमा चित्रा र टिनले बारिएको शौचालय समेत हटाइएको छ ।
Comments are closed.