पोखरा, २० कात्तिक
शुक्रबारदेखि तेस्रो रामबजार महोत्सव सुरु भएको छ । कालिका उच्च माविको प्राङ्गणमा रामबजार युथ क्लवले गरेको महोत्सवको पश्चिमाञ्चलका सह क्षेत्रीय प्रशासक दिवाकर बास्तोला उद्घाटन गरे । उनले मुलुक संकटमा रहेका बेला आयोजना गरिएको महोत्सवले केही समय भएपनि दुःख विर्साउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
महोत्सवको उद्घाटनसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सुरु भएका छन् । महोत्सव उद्घाटनपूर्व झाँकीसहितको ¥याली निकालिएको थियो। ¥यालीमा उत्कृष्ठ झाँकी प्रदर्शन गर्ने रामबजार पुन समाज प्रथम, रामबजार ल्यामा पुचः द्वित्तीय, जनप्रिय समाज वातावरण समिति तृतीय र कालिका मन्दिर आमा समुह सान्त्वना भएका थिए । विजेता समुहलाई क्रमशः नगद पाँच हजार, चार हजार, तीन हजार र एक हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो।
रामबजारको पहिचान र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष कुमार थिङले जानकारी दिए । महोत्सवमा देउसीभैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, म्याराथन, बाल उद्यानको मनोरञ्जन लिन सकिनेछ । कार्तिक २५ गतेसम्म चल्ने छ।
Comments are closed.