सुसंस्कृत राजनीति स्थापनाका लागि मेरो उमेदवारी – उमेदवार जमुना शर्मा

आगामी १४ गते कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुदैछ । मुख्य राजनितिक दलहरुसहित विभिन्न स्वतन्त्र उमेदवार गरी २१ जनाले चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् । सबैजसो राजनितिक दलहरु र स्वतन्त्र उमेदवार सबै यतिबेला अन्तिम चरणको प्रचारका क्रममा घरदैलो र कोण शभा जस्ता कार्यक्रमहरु पनि गरीरहेका छन् । यसै क्रममा आफुलाई वैकल्पिक राजनैतिक शक्तिका रुपमा चित्रण गर्दै मतदाताको घरदैलोमा पुगीरहेकी विवेकशील नेपाली दलकी स्वतन्त्र उमेदवार जमुना शर्मासँग गरीएको निर्वाचन केन्द्रित वार्तालाप तल प्रस्तुत गरीएको छ ।

तपाईको उमेदवारी खास के का लागि ?

राजनितिमा भएकाृे निराशालाई आशामा बदल्नका लागि युवा नेतृत्वको आवश्यकता छ । सबैले आ आफ्नो मुल्य मान्यता लिएर त आएका छन् तर ब्यबहारमा लागु गर्न सकेका छैनन् । राजनितिमा सबैले एउटा जिम्मेवारी लिएर पनि आएका हुन्छन् तर त्यो जिम्मेवारी पुरा गर्न नसक्दा जनतामा निराशा छाएको हो  तसर्थ एउटा सुसंस्कृत राजनीति स्थापनाका लागि नै कास्की क्षेत्र नं २ मा मेरो उमेदवारी हो ।

प्रसार–प्रसार कहाँ पुगेको छ ?

ठूलो संङख्या रहेको समुदायसँगको भेटघाट , विभिन्न कोण सभाको आयोजना , विभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसार र मतदाताहरुसँग प्रत्यक्ष अन्र्तक्रियालाई पनि प्राथमिकतामा राखेका छौ । प्रचारप्रसारका क्रममा हामी मत मात्रै मागिरहेका छैनौ, नेपालमा वैकल्पिक राजनितिक शक्ति कस्तो हुनुपर्छ , उसका जनताप्रतिको उत्तरदायीत्व र कर्तव्य के हुन् भन्ने पनि बुझाईरहेका छौ । नाममा मात्रै वैकल्पिक राजनितीको नारा दिने अनि पुरानै राजनितिक संस्कारबाट जनतामा जाने पद्धतिको अन्त्य गराउनेबारेमा पनि जनतासँग अन्र्तक्रिया र छलफल गरीरहेका छौ । अब समय पनि धेरै छैन त्यसैले अन्तिम चरणमा पुगेका छौ ।

तपाईको दल र तपाईको उमेदवारीप्रति जनताको प्रतिक्रिया र अपेक्षा के पाउनुभएको छ ?

हामी युवाहरु यसरी अगाडी आउदा अर्थात वैकल्पिक राजनितीको आशा गरेका जनताहरु निक्कै उत्साहित पाएका छौ । पुराना राजनितिक दलहरुले देखाएको राजनैतिक व्यवहारले गर्दा अधिकांश जनताले वैकल्पिक राजनितिक नेतृत्वको आवश्यकता जनताहरुले महशुस गरेको पनि पायौ  । हामीले धेरै राजनैतिक प्रणाली फेरीएको देख्यो तर राजनितीक पद्धती भने कहिल्यै फेरीएन जसका कारण जनताहरुको अवस्था कहिल्यै फेरीएन, जुन आम मतदाता र कास्की–२ का जनताहरुले पनि महशुस गरेको पायौ । अपेक्षाकै कुरा गर्दा, जनताहरु दैनिक जनजीविकामा प्रत्यक्ष प्रभाव राख्ने जस्तै गास बास कपास, रोजगारी अझै महत्वपूर्ण शिक्षा , स्वास्थ्य र रोजगारीको सहज उपलब्धता नै जनताको राजनैतिक नेतृत्वसँग अपेक्षा रहेके पाएँ । पुरानो राजनैतिक संस्कारले जनताका ती अपेक्षा पुरा गर्न नसकेको अवस्थामा विवेकशील नेपाली दल र मेरो उमेदवारीलाई जनताले अत्यन्त सकारात्मक रुपमा विश्वास ब्यक्त गर्नुभएको छ ।

 

 

यहाँ खासगरी दुई मुख्य दलहरुबिच प्रतिस्पर्धा हुन्छ भन्छन् । यसमा तपाईको प्रतिस्पर्धा कोसँग रहन्छ ?

हो यो कुरा बाहिरबाट देखिएको जस्तो छ  तर यो कास्की २ का जनताहरुहरुलाई भ्रममा राख्ने काम भईरहेको छ । म एउटा प्रश्न गर्न चाहन्छु नेपालमा सक्रिय केही राजनितिक दललाई ठूलो दलको पगरी गुथाउने काम किन गरीन्छ । कुनैपनि दलहरुले जनताका लागि गर्ने सकारात्मक कार्यका आधारमा सानो र ठूलो भन्ने चलन किन बिकास हुदैन नेपालमा । कामचाहिँ जनतालाई प्रत्यक्ष रुपमै नकारात्मक असर पार्ने मात्र गर्ने अनि निर्वाचनका बेला हामी ठूलो पार्टी भनेर जनतासँग मत माग्न मिल्छ ? मुख्यगरी राजनितिक दलहरुले चुनाव परीचालनका नाममा पैसा दिएर ठूलो जमात देखाईरहेका छन् । जसलाई पैसाको आडमा शक्ति प्रर्दशन गरीएको भन्छु । हामी त्यसरी पैसा बाँडेर चुनावी प्रतिस्पर्धामा छैनौ तर पनि जनताले स्वतस्फूर्त रुपमा हामीलाई मत दिनेछन् भन्नेमा ढुक्क छौ । अब जनताले बुझिसकेका छन् कि पैसाले मत किन्न सकिदैन , मुलुकलाई भ्रष्टाचारमुक्त र सुसासनमुखि बनाउने एकमात्र पार्टी विवेकशील नेपाली दलनै हो । प्राविधिक कारणले म स्वतन्त्र रुपमा उमेदवारी दिएपनि विवेकशील नेपाली दलले जनतामा विश्वास जितेको छ जसको आधिकारीक उमेदवार मै हु ।

भनेपछि यसपटक विवेकशील नेपालीले जमानत मात्रै जोगाउन होईन जितका लागि प्रतिस्पर्धा गरीरहेको छ ?

एकदमै हामी प्रतिस्पर्धामा अब्बल रुपमा प्रस्तुत भएका छौ । जनताले जिताउनुहुन्छ । मुलुकमा ब्याप्त माफियातन्त्र, भ्रष्टाचार अन्त्य र शुसासन काय गर्नकै लागि जनताहरु वैकल्पिक राजनितिको खोजी गरीरहनुभएको छ र त्यो राजनितीक शक्तिका रुपमा विवेकशील नेपाली दल जनताको मनमा बसेको छ । अझै भनु यो कुरा आगामी मङसीर १४ को निर्वाचनको परीणाम आउँदा प्रमाणित हुनेछ ।

अन्त्यमा केहि भन्नु छ ?

आमनागरीक हरुले एकदमै विवेक पु¥याएर मत दिनुहोला । कुन उमेदवार कस्तो पृष्ठभूमि र कस्तो क्षमता सँयौ योग्यता लिएर आएको हो भन्ने कुरा गहिरीएर मनन् गरीदिनुहुन मतदातामा अपिल गर्दछु । यहाँ त के भयो भने परीवावादबाट हावी भएका , अख्तियारमा मुद्धा खेपिरहेका , भ्रष्टाद्धारमा मुछिएका व्यक्ति र परीवारका सदस्य उमेदवारका रुपमा पाएकी छु । म आफ्नै क्षमता र योग्यताका कारण राजनितिमा आएको सामान्य ब्यक्ति हो जसले एउटा असामान्य राजनिति बदल्नुपर्छ भनेर आएकी छु । कुनै सत्ता र शक्तिकोे आडमा नरहिकन , राजनैतिक पृष्ठभूमीका आधारमा गरीने राजनितीको अन्त्यका लागि जनतालाई गुलाब चिन्हमा मतदान गरीदिनुहुन सविनय अनुरोध गर्दछु ।

 

“मुख्य राजनितिक दलहरुले चुनाव परीचालनका नाममा पैसा दिएर ठूलो जमात देखाईरहेका छन् । जसलाई पैसाको आडमा शक्ति प्रर्दशन गरीएको भन्छु । हामी त्यसरी पैसा बाँडेर चुनावी प्रतिस्पर्धामा छैनौ तर पनि जनताले स्वतस्फूर्त रुपमा हामीलाई मत दिनेछन् भन्नेमा ढुक्क छौ”

Comments are closed.