सृजना मा.वि.को फुटसल प्रतियोगिता सम्पन्न

सृजना मा.वि.को फुटसल प्रतियोगिता सम्पन्न
सन्तोष विष्ट
पोखरा–१७, चैत्र
पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा यही चैत्र १७ गते बिहीबारका दिन फुटसल प्रतियोगिता सम्पन्न भएको छ । यसै विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक सूर्य गिरीको संयोजकत्वमा सम्पन्न उक्त खेल भाटभटेनी सुपरमार्केटको फुटसल खेल मैदानमा सम्पन्न भएको थियो भने मुख्य प्रयोजकमा ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सी, न्यूरोड तथा सह–प्रयोजकमा रोयल दिदीबहिनी किचन, बुद्धचोक र यशोधा फुड्स प्रा.लि.द्वारा उत्पादित करेन्ट तयारी चाउचाउका साथसाथै हाइजिन प्याक्स, नेपालद्वारा उत्पादित मानिया म्याग्गो जुसको आधिकारिक बिक्रेता निना इन्टरप्राइजेज रहेको थियो । उक्त खेलमा छात्र तर्फ ९ र छात्रातर्फ ३ गरी १२ ओटा समूह सहभागी भएका थिए । कक्षा १२ सेक्सन ‘ग’ व्यवस्थापनको समूहले छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल भएको छ भने छात्र तर्फ कक्षा ११ सेक्सन ‘ख’ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

 

Comments are closed.