एजेन्सीहरु ९ असार ।
सुरक्षार्थ खटिएको प्रहरीका इन्स्पेक्टरले प्रहरी चौकीमै सेक्स गर्न नमानेपछि एक मोडलको स्तन काटेका छन् । सेक्स गर्न खोज्दा नमानेपछि जबरजस्ती बलात्कार गर्ने क्रममा इन्स्पेक्टरले दाँतले स्तन काटेको समाचारमा जनाइएको छ । मुम्बईकी एक १९ वर्षीय मोडललाई होटलबाट उठाएर चौकीमा ल्याएर इन्स्पेक्टर सुनील खाटपे जबरजस्ती शारीरिक सम्पर्क राख्ने क्रममा दाँतले स्तन काटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बई क्राइम ब्राञ्चले मुम्बईको मजिस्ट्रेट अदालतमा मोडल बलात्कार घटनाको अनुसन्धान रिपोर्टसहित ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । अदालतमा पेस गरिएको अनुसन्धान रिपोर्टमा आठ जनालाई घटनाको आरोपी बनाइएको छ । जसमा तीन जना प्रहरी अधिकारी पनि संलग्न छन् ।
यो घटनामा सबैभन्दा गम्भीर आरोप पुलिस इन्स्पेक्टर सुनील खाटपेमाथि लगाइएको छ । खाटपेमाथि एक पुलिस अफिसर भएर पनि बलात्कार गरेको भनी आरोपपत्र पनि दालिखा गरिएको छ ।
घटनाका मुख्य योजनाकार असिस्टेन्ट पुलिस इन्स्पेक्टर सुनील खाटपेले मोडललाई होटलमा गलत कार्य गरेको आरोप लगाउँदै पक्राउको वहानामा प्रहरी हिरासतमा राखेर बलात्कार गरेका थिए । उनलाई दुई प्रहरीले सहयोग गरेका थिए ।
Comments are closed.