पोखरा हटलाईन
असोज ,१६
पोखराको पृथ्वीचोक नजिकै रहेको सेतीनदीको खोचमा खसेर एक युबकको आज बिहान निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।महानगरपालिकाको वडा नम्बर ९ र १० जोड्ने चाईनापुल को खोचमा २०/२२ वर्षको पुरुष खसेको सुचना प्रहरी ले पाए लगत्तै प्रहरी टोली खटिई युबकलाई उद्दार गरी अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत प्रहरी कार्यालयले जनाएको छ ।
Comments are closed.