सेलवेज अब लेकसाइडमा पनि

Building Martपोखरा, ९ पुस/ दुई दशकअघि देखि पोखरामा छुट्टै पहिचान सहित सेवा दि“दै आईरहेको सेलवेजले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आÏनो अर्काे शाखाको विस्तार गरेको छ ।
पोखराको महेन्द्रपुलमा २२ बर्ष अगाडि स्थापना भएको सेलवेजले अहिले चिप्लेढुङ्गासहित पुल्चोक ललितपुर, महाराजगंज र सातदोबाटोबाट सेवा दिईरहेको छ । क्रिसमस र नयाँबर्ष २०१५ को अवसर पारेर लेकसाईडमा खोलिएको स्टोर्समा सडक महोत्सवको रौनकमा स्वदेशी तथा विदेशी पर्यटकहरुको भिडभाड समेत अत्यधिक हुने भएकोले लेकसाइडका व्यापारी तथा स्थानीयले सेलवेज लेकसाइडलाई विषेश महत्वका रुपमा हेरेको वि.जी.वि.का संचालक ज्याक तामाङ्ग बताउँछन् ।
सेलवेज उद्घाटनको अवसरमा डिसेम्बर २४ बाट जनवरी १० सम्म छुटको व्यवस्था गरिएको प्रमुख व्यवस्थापक दयाल गिरीले बताए । यो योजना सेलवेज डिपार्टमेण्ट स्टोर्स महेन्द्रपुल, सेलवेज टावर चिप्लेढुङ्गा र सेलवेज लेकसाइड गरि तिनैवटा शाखाहरुमा लागू हुनेछ ।

Comments are closed.