पोखरा । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ ।
हाल काठमाडौं, पोखरा २ वटा उडान गर्दै आएको सौर्यले चैत १९९अप्रिल २० देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिएका छन ।
दैनिक बिहान ८:३०, ९:३५ बजे र दिउँसो २:४० र ३:३० मा उडान गर्ने तालिका तय भएको उनले बताए । हाल पोखरा(काठमाडौंको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको उनको भनाइ छ ।
सौर्यले हाल विराटनगर, भद्रपुर र पोखरा उडान गर्दै आएको छ । अब केही समयका लागि धनगढी र भैरहवाको उडान स्थगन गरिएको जानकारी खनालले दिए ।
Comments are closed.