स्टेप बाई स्टेपमा मनोरञ्जनात्मक कार्यक्रम

स्टेप बाई स्टेप मा.वि. मासबार पोखरामा विद्यार्थीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्याथीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थी र उक्त विद्यार्थीका अभिभावक बीच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, रेम्स प्रस्तुत गरेका थिए । अनुशासन, सफा, सुग्घर राम्रो हस्तलेखन नियमित हाजिरी, उत्कृष्ट नृत्य लगायतका विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालले विद्यार्थीको सर्वाङणीण विकासका लागि विद्यालयले उत्कृष्ट पठनपाठन सहित विभिन्न कार्यक्रम गर्दै आएको कुरा बताउनु भयो । संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयले कुनै कसर बाँकी नराख्र्ने कुरा बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य लेखबहादुर के.सी.ले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा अभिभावकका लागि खेलाइएको म्युजिकल चियर प्रतियोगितामा गीता देवकोटा प्रथम सुनिता तिमिल्सिना द्धितिय, सुमित्रा सुनुवार तृतीय हुन सफल भएका थिए ।

प्राचार्य निर्मला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य दीपक गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय संयोजक सूर्य प्रसाद लम्सालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments are closed.