स्टेप बाई स्टेप मा.बि. ले वार्षिक कार्यतालिका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ४ र ५, कक्षा ३, कक्षा २ र कक्षा १ को छुट्टा छुट्टै समूह बनाई प्रतियोगिता गरिएको थियो ।
कक्षा ४ र ५ को समूहबाट स्नेहा धिताल प्रथम, पूजा सुनार द्वितीय, सन्तोष गुरुङ तृतीय र कोहिनिर भण्डारी तथा नमुना पौडेल चतुर्थ हुन सफल भएका थिए ।
कक्षा ३ मा जेसिका हमाल, रोहित पौडेल, सार्थक पौडेल र एन्ड्रिना गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ भएको थिए ।
कक्षा २ मा आयुषा लामिछाने, विनु गुरुङ, खगेश्वरी पौडेल र सुशान्त पराजुली क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल भएका थिए ।
कक्षा १ मा निमिसा तिमिल्सिमा प्रथम, आरती थापा द्वितीय, रोशनी वाग्ले तृतीय र समीक्षा तिवारी चतुर्थ भएका थिए ।
कला शिक्षक वम बहादुर थापाले मूल्याङ्कन गर्नु भएको उक्त प्रतियोगिताको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख जगन्नाथ घिमिरेले गर्नुभएको थियो ।
Comments are closed.