स्थायित्वको लागि थ्रेसहोल्ड

—————————-
राजनीतिक स्थायित्वों लागि थ्रेसहोल्ड जरूरी छ। ठूला राजनीतिक दलहरू थ्रेसहोल्डको लागि तयार भएका छन। तर साना साना दलहरू भने यथा स्थितिमै रहन चाहेका छन।सानादलहरूअस्थिरता चाहन्छन।यथा स्थितिमा दश पटक चुनाव गरे पनि वहुमतको सरकार वन्दैन। वहुमतको सरकार नवन्दासंम स्थायी सरकार वन्दैन। स्थायी सरकार नवन्दा संम राजनीतिक भद्रगोलको अन्त्य हुदैन।                                                                 समयले  स्थानीय प्रादेशिक र केन्द्रीय चुनाव गर्नै पर्ने स्थितिमा सरकारलाई पुर्याएको छ। चिर्वाचनको लागि आवश्यक कानुन हरू पनि घमाघम पारित भैरहेका छन। थ्रेसहोल्डको विषयमा आएर समितिहरू अडकिएका छन। साना दलहरूको धम्की र घुर्की वरावर आएको छ। देश र जनताको हित हेर्ने हो भने साना दलहरूको घम्की र घुर्कीको पछिलाग्नु हुदैन। थ्रेसहोल्ड राखेर दरो तालमा पाहिला नवढाउने हो भने समुन्नत नेपालको सपना कसैले पनि नदेखे हुन्छ। ठूलादलहरू चुनावमा  जानु भन्दा पहिले यस वारेमा प्रष्ट हुनै पर्दछ। सत्तामा कसरी धेरै समय टिक्न सकिन्छ भन्ने रणनीति वुन्दै दिन कटाउने समय अव छैन।
सानादलहरू अहिलेकै पोजिसन कायम राख्न चाहन्छन। उनीहरूलाई स्थायी सरकारको आवश्यकता छैन। स्थायी सरकारले साना एक सिटे पार्टिलाई देख्दैन। देश विकास छोडेर आफ्नो महत्व राख्न चाहन्छन। जव संम साना  र क्षेत्रीयदलहरू रहन्छन तिनीहरूले सत्ताको साचो खेलाई रहन्छन तिनीहरूलाई साईजमा ल्याउन पनि थ्रेसहोल्ड राखेर चुनावमा जानु पर्दछ।
साना दलहरूले ठूला दलहरूलाई मास्न सक्दा रहेछन भन्नेकुरा इतिहासले पढाइ सकेको छ। ठूला दलहरू शक्तिशाली हुन सकेनन भने देश सधै भागवन्डामा चल्न वाध्य हुन्छ। त्यसले प्रगति भन्दा अधोगति तर्फ देशलाई धकेल्दो रहेछ।यसको ज्वलन्त उदाहरण वर्तमान नेपालको सत्ता समीकरणका खेलहरू हुन।  थ्रेसहोल्ड राखेर चुनाव गराउन सकियो भने मात्र एउटा वलियो पार्टी सत्तामा पुग्छ। अर्को विपक्षमा रहन्छ। थोरै भन्दा थोरै पार्टिले वहुमत जनताको मत वमोजिम काम गर्ने अवसर पाउछन। त्यसले उनीहरूलाई जिम्वेवार पार्टिको रूपमा स्थापित गर्न सक्दछ। जिम्वेवार पार्टिले मात्र जन चाहना वमोजिम काम गर्न सक्दछ। स्थापित पार्टिहरूले मात्र देश वनाउन सक्दछन। देश निर्माण गर्ने हो भने आउदो चुनावमा प्रदेश र केन्द्रलाई थ्रेसहोल्ड अनिवार्य राख्नु पर्दछ। यसमा प्रमुखदलहरू एक हुनै पर्छ। काग्रेस एमाले र माओवादी केन्द्रले एकमतको आधारमा पार्टीलाई वलियो वनाउने महत्वपूर्ण निर्णयमा चुक्नु हुदैन। सधै भ्याकुताको धार्नी पुर्याउन खोज्नु भएन। भ्याकुता समाल्दा समाल्दै सत्ता गुमेका धेरै उदाहरण छन। समय अनुसार चल्न नसक्दा आज न देश वन्यो न दलहरूनै स्थापित हुन सके। सधै भरि अस्थिर राजनीति अस्थिर सरकार र अस्थिर विकास हाम्रो नियति वनिरह्यो। यो कुरा समयमै वुझेर अगाडि वढनु पर्ने कुरा ठूला दलहरूले वुझ्नु पर्ने छ।

Comments are closed.