त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ।
विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिएर परीक्षाको अर्को मिति पछि तोकिने कार्यालयले जनाएको छ। यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ। परिषदले पनि १५ दिनको समय दिएर पछि अर्को परीक्षा तालिका निकाल्ने जनाएको छ।
Comments are closed.