स्नुकर खेललाई राष्ट्रिय खेलकुदमा समावेश गर्नुपर्छ ः युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ

‘दिपलव स्नुकर च्याम्पियनसिप टुर्नामेन्ट २०७८’ आजबाट सुरु

मनिषा लामिछाने,
पोखरा–२७,
दिपलव स्नुकर क्लब बाग्लुङ बसपार्क–२ पोखरा, कास्कीद्वारा आयोजित ‘दिपलव स्नुकर च्याम्पियन सिप टुर्नामेन्ट २०७८’ उदघाटन समारोह सम्पन्न भएको छ । यस टुर्नामेन्टको उद्घाटन प्रमुख अथिति गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री माननिय राजिब गुरुङले गरेका हुन् । 

भिडियो ;

       

मन्त्री गुरुङले नेपालमा लामो समयदेखी स्नुकर खेल खेलिएको भएता पनि व्यबसायीक रुपमाजान ढिलो भएको बताउदैँ आफुले आफ्नो ठाउँबाट यस खेलको विकासको लागी सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेका छन् । साथै गुरुङले स्नुकर खेललाई राष्ट्रिय खेलकुदमा समावेश गरी व्यवसायिक खेलाडी पैदा गर्न सके यसले खेल टुरीजममा समेत सकारात्मक नतिजा दिने बताए । कास्की जिल्ला बिलीयार्ड स्नुकर सघंका अध्यक्ष तथा टुर्नामेन्टका संयोजक दिलिप साईको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला बिलीयार्ड स्नुकर तथापुल संघका महासचिव सवीन जिसीले दिएका थिए । कार्यक्रममा बोल्दै महासचिव जिसीले स्नुकर खेललाई सबै क्षेत्रको साथ अपरीहार्य रहेको बताए ।
साथै उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष रामेश्वर मल्लले यस खेलले व्यवसायिक खेलको रुपमा अघि बढाउन सम्भव भएकाले यस खेलमा लगानी गर्नेहरुलाई समेत हौसला प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा लागु औषध नियन्त्रण आमा समूह, कास्कीकी अध्यक्ष विष्णु कुमारी गुरुङ, नेपाल राष्ट्रिय खड्की समाज कास्कीका अध्यक्ष हर्षमान साई, पोखरा वेसी सेवा समितिका अध्यक्ष, इन्द्र भारी र कास्की जिल्ला बिलीयार्ड स्नुकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचनले आ–आफ्नो मन्तव्य राखेका थिए ।
यस पटक गण्डकी प्रदेशभित्रका खेलाडीहरू मात्र टुर्नामेन्टमा सहभागी गराइएको र खेल बुधवारबाट सुरु हुने अध्यक्ष तथा कास्की जिल्ला बिलीयार्ड स्नुकर सघंका अध्यक्ष तथा आयोजक क्लबका संचालक दिलिप साईले पोखरा हटलाइनलाई जानकारी गराएका छन् । साथै आगामी टुर्नामेन्टमा अन्यप्रदेशका खेलाडी पनि सहभागी गराउने समेत जानकारी दिएका छन् ।


टुर्नामेन्टमा बिजेतालाई प्रथम पुरस्कार नगद रु १,०००,००(एक लाख) ट्रफी,मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु ३०,००० ट्रफी,मेडल र प्रमाण पत्र र तृतीय पुरस्कार नगद रु १०,०००(दशहजार) ट्रफी,मेडल र प्रमाण पत्र रहेको छ भने खेलमा हाइएष्ट ब्रेक (ओभर) ७० भन्दामाथि पु¥याउनेलाई नगद रु १५,०००, ट्रफी, प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Comments are closed.