नेपालको तनहु जिल्ला स्थायी घर भएका रमेश आशिक़ी पौडेल विथार्थी जिवनकाल देखीनै अनेरास्वभ्यूको जिल्ला कमिटि तनहुका सदस्य समेत भैसकेको र पोखरामा पिन एन क्यापस र काठमाडौमा सरस्वती क्याम्पसमा रहदा क्यपास ईकाई कमिटिमा रही सक्रीय भुमिका निर्वाह पनी गरिसकेको पनी वताउछन् । पौडेल हाल स्पेन बार्सिलोनालाई कर्म थलो बनाऊदै आएका छन् र उनी नेपाली जन प्रगतिशील मंच स्पेनको संस्थापक सदस्य हुन् । सन् २०१२ देखी नेपाली जन प्रगतीशिल मंच स्पेनकै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् र हालै मात्र सम्पन्न प्रथम अधिवेशनबाट उक्तसंस्थाको उपाध्यक्ष पदमा रहेका छन् । पौडेल नारायण क़ाज़ी श्रेष्ठ परराष्ट मन्त्री भएको समयमा पहिलो पटक आधिकारिक रूपमा स्पेनबाट यहाँका समस्याहरूप्रती नजिकबाट परिचीत भएकोले सबै स्पेनबासी नेपाली हरूका समस्याहरूलाई साथै स्पेनमा नेपाली राजदुतावास स्थापना देखी पारिवारिक पूनरमिलनका समस्याहरू , पुलिस रिपोर्ट वनाउदाका समस्याको अवगत गराउदै उहाको टोलीले नेपालमा परराष्ट मन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको थियो ।
सन् २००८ देखी नै एन आर एन स्पेनमा सक्रिय रूपमा लागेका रमेश आशिक़ी पौडेल वर्तमान एन आर एन स्पेनको कार्यसमितीका सदस्य रहेर काम गरिरहेका छन् ।हाल आएर एन आर एन स्पेनको अासन्न चौथौ अधिवेशनमा उपाध्यक्ष पदको लागी ७ जनाको उमेदवार दायर गरिएका मध्यका एक उमेदवारको रूपमा आफुले उमेद्वारी दर्ता गरेका छन् । स्पेनको हकमा आफू निरन्तर रूपमा समय र बलबुताले भ्याएसम्म समाजको हितको लागी निरन्तरता रूपमा लागिरहको र लागीरहने बताउछन् साथै एन आर एन मा लागेर काम गर्न आफु ईच्छुक रहेको र स्पेनमा भएको ख़ुराफ़ाती र दादागिरी लाई हटाई समाजको अग्रगामी परिवर्तन गर्ने प्रतिवद्दता समेत नेपाली वेभलाई जानकारी दिए । नामावली दर्ता गर्नै अन्तिम घडी सम्म आफुले समन्वय र सहकार्य चाहेंको अनी सबैलाई समेटेर अती लचिलो भई उपस्थित हुदा पनी समन्वय नभएकोमा दुखी हुदै उमेद्वारी दर्ता गरेको बताउछन् ।
हामीले सहमती र समन्वय चाहेंको र पहिले नै प्यानल समेत नबनाई उमेद्वारहरू घोषणा पनी गरेका होईनौ उनले थपे ।अन्त्यमा आफू एन आर एन मा उमेद्वारी दिदै गर्दा आफु रहेको नेपाली जन प्रगतीशिल मंचको उपाधक्ष्य पदबाट राजीनामा पत्र समेत लिएर आएको बताए ।
Comments are closed.