स्याङ्जाकाे पकवादीमा अक्षरयात्री

पोखरा १८ जेठ/ भूकम्पले दुःखाएको पीडा र गाउँको संभावनालाई साहित्यकारहरुले सिर्जनामा उतारेका छन् । ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका साथ स्याङ्जाको पकवादी पुगेका साहित्यकारहरुले भूकम्पको त्रास र पीडालाई अक्षरमा उतारेका हुन् ।10313390_367257263463346_8106364820245826376_n

गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना गर्दै आएको अक्षरयात्रा यसपटक गजल संगम पकवादीको स्थानीय व्यवस्थापनमा स्याङ्जाको पकवादी–२ गेजामा भएको हो । अक्षरयात्रीहरुले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको चिर शान्ति र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिव प्रज्ज्वलन गर्नुका साथै भूकम्पले पु¥याएको क्षति र अवको नेपाललाई रचनामा रचनामा उतारेका थिए ।

अक्षरयात्राको १ सय १८ औं श्रृंखलामा गेजा गाउँको स्थानीय संभावनाको उजागर, भूकम्पले विभिन्न क्षेत्रमा पु¥याएको क्षति, त्यसले पु¥याएको मानसिक असर, देशको अवस्था र राजनीति तथा प्रणयका गजल, कविता, गित, मुक्तक वाचन भएका थिए । विभिन्न स्थानीय साहित्यकार, युवा, क्लव, आमा समुह, बाल समुह लगायत विभिन्न संघसंस्था र पोखराका साहित्यकार गरि करिव २ सय जनाको अक्षरयात्रामा सहभागीता थियो ।

देशका विभिन्न ठाउँमा पुगेर सोही ठाउँको संभावना र अवस्थालाई उजागर तथा प्रचारप्रसारसँगै स्थानीय स्तरमा रहेका साहित्यकारका साहित्यलाई समाहित गर्दै तद्स्थानीय रचना वाचनले पर्यटन साहित्यको अवधारणालाई आत्मसाथ गर्दै आएको छ । गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज ढुङ्गाना र गजल संगक पकवादीका अध्यक्ष मुक्ति भण्डारीको अध्यक्षतामा भएको अक्षरयात्रामा ३ दर्जन बढीले साहित्यिक रचना वाचन गरेका थिए ।11156259_997300473644136_6733119102857723396_n

अक्षरयात्रा कै अवशरमा गजल संगम पकवादीले प्रकाशन गरेको साहित्यिक भित्ते पात्रो पनि विमोचन गरिएको थियो । अक्षरयात्रामा कपिल शर्मा, आवाज शर्मा, अर्जुन अधिकारी, राजीव रिमाल, मोहन भण्डारी, अर्घेलो थापा, रश्ना शर्मा, सूर्यप्रसाद डुम्रे, सरला लामिछाने, ज्ञान गोपाल, विक्रम परियार, सुरज गौतम, कृष्ण अधिकारी, कुसुम भण्डारी, सुदर्शन पौडेल, रिता लामिछाने, मिर्मिसा, सनिल अधिकारी, कमला आँशु, आनन्द अधिकारी, माया कुँवर, रामकुमार श्रेष्ठ, उदयराज पौडेल, माधव भण्डारी, टंकनाथ भण्डारी, कला भण्डारी, सिर्जना रेग्मी, सागर भण्डारी दिपक निरही, सुरज गौडेल, डोलराज भण्डारी लगायतले रचना वाचन गरेका थिए भने लक्ष्मण तिमल्सेनाले संचालन गरेका थिए ।

Comments are closed.