स्याङ्जाका एक युवाको साउदीअरबमा कोरोनाबाट मृत्यु

पोखरा हटलाईन

स्याङ्जा, १२ साउन

बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दाबाटे गाविस १)का रोशन श्रेष्ठको मृत्यु भएको हो ।साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचारार्थ ३४ बर्षीय श्रेष्ठको आईतवार साँझ निधन भएको हो । उनी नेपालबाट लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदी अरब पुग्नु भएको एनए मिडीया जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए ।प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका प्रबन्धक निर्देशक समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय थिए ।श्रीमती सहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी गएका थिए । श्रेष्ठका श्रीमती, आमा र एक भाई रहेका छन् ।

Comments are closed.