स्याङ्जाका कृषकलाई मौरी र घार

 

पोखरा हटलाईन

स्याङ्जा, १३ असार

स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकाले ब्यवसायिक रुपमा मौरीपालन व्यवसायलाई विस्तार गर्नका लागि स्थानीय नगरका कृषकलाई मौरीसहितको एक÷एक सय घार वितरण गरेको छ ।

वालिङ नगरपालिका अन्तर्गत कृषि शाखाले मौरीपालनका लागि आवेदनमा समाबेश भएका ४ वटा समूह तथा सहकारी संस्थाहरुको छनोट गरी ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । उत भीरकोटले सहकारी मार्फत मौरी सहितको घार वितरण गरेको हो ।

वालिङ र भीरकोट नगरपालिकामा पहिलो चरणमा चालु आर्थिक वर्ष मौरीसहितको एक÷एक सय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आउँदो वर्ष कार्यक्रमलाई विस्तार गर्दै लगिने भीरकोट प्रमुख छायाँराम खनालले बताए । उनका अनुसार कृषकको क्षमता बढाउने तालिम समेत दिने बताए ।

वालिङ र भीरकोट नगर क्षेत्र मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त मानिएको वालिङ नगर प्रमुख दिलिपप्रताब खाँणले बताए । मौरीपालन व्यवसाय वातावरणीय रुपमा पनि उपयुक्त छ ।  अन्य कृषि खेती गर्नेलाई समेत प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुग्ने प्रोत्साहन स्वरुप मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खाँणले बताए ।

वालिङ् नगरपालिकाले कान्छी मनकामना कृषक समूह, बर्तुङ फूलबारी कृषक समूह, थुमपोखरा कृषि सहकारी संस्था र हुल्काङ कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा २५÷२५ वटा मौरीसहितको घार वितरण गरिएको वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापाले बताए । मौरीसहितको आधुनिक घारलाई ५० प्रतिशत अनुदानमा प्रति घार ४ हजार ६ सयमा कृषकलाई उपलब्ध गराएको थापाले बताए ।

भीरकोट नगरपालिका ५ मा रहेको नव सिर्जनशिल कृषि सहकारी मार्फत भीरकोटले सहकारीका ७३ सदस्यलाई मौरी सहितको घार दिएको हो । मौरी पालन पकेट क्षेत्र अन्र्तगतको  ३२ लाखको अनुदान रकमबाट खरिद गरेर ल्याएको मौरी र घार दिएको नगरपालिको जनाएको छ । आयआर्जनमा बढवा दिन सहकारीले आफ्नो शेयर सदस्यहरुलाई थप मौरी र घार वितरण गर्ने भएको छ ।

Comments are closed.