पोखरा हटलाईन
स्याङ्जा, १२ साउन
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत उच्च प्रहरी अधिकृत सहित १८ जनालाई कोरोना लागेका पुष्टि भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा श्वाब परिक्षण गर्न पाठाईको १ सय २ मध्ये १८ जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।उच्च अधिकृत सहित १८ प्रहरीलाई कोरोना पुष्टि भएको जानकारी आएको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । शर्माले अन्यको कोरोना परिक्षण भैरहेको जानकारी दिए ।परिक्षणमा स्याङजाका २८, ३१, ३९, २७, ३७, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षिय पुरुष र २६ वर्षिय महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित करेन्डाँडा र हेलुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए ।केहि दिनदेखि ३ जना प्रहरीमा समेत कोरोना संक्रमण भेटिएको थियो । उनीहरुमा कोरोना भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएपछि कार्यालयबाट सम्पादन हुने काम विद्युतीय सेवाबाट प्रबाह गरिएको छ ।
Comments are closed.