प्रकाश डोटेल
स्याङ्जा, ८ जेठ
स्याङ्जामा एकजनामा आरडिटी पोजेटिभ देखिएको छ । पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा गरिएको आरडिटी परिक्षणमा पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । पिसिआरको रिपोर्ट आउन भने बाँकी रहेको छ ।
भारतबाट आएका व्यक्तिहरुलाई राम्दीमा परिक्षण गर्ने क्रममा एक जनामा आरडिटी पोजेटिभ देखिएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिएका छन । भण्डारीले दिएको जानकारी अनुसार भारतबाट ११ जनाको समूह आएका मध्ये १ जनामा कोरोना परिक्षण आरडिटी पोजेटिभ पाईएको हो ।
आरडिटी पोजेटिभ देखिएका व्यक्ति गल्याङ नगरपालिकाका स्थायी बासिन्दा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उनको स्वाव संकलन गरेको भण्डारीले जानकारी । उनलाई हाल गल्याङ नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।
भारतको नौतहवाबाट १९ दिन हिडेर आएको व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि स्याङ्जा त्रसित भएका छन् । पोजेटिभ देखिएको व्यक्तिलाई सुरक्षित तबरबाट राख्न स्थानीयले आग्रह गरेका छन् ।
Comments are closed.