स्याङ्जामा एक घर एक करेसाबारी र एक टोल एक नर्सरी

   

पोखरा हटलाईन,
मंसिर २३,स्याङ्जा                                                

 

                                                             एक घर एक करेसाबारी र एक टोल एक नर्सरी निर्माण गर्ने उद्देश्यले सुर्याेदय क्लबले पुतलीबजार नगरपालीका भित्र रहेका टोलविकास संस्थाहरुलाई विउविजन वितरण गरेको छ । क्लबले नगरपालीका भित्र रहेका २ सय ९५ वटा टोल विकास संस्थाहरुलाई विउविजन वितरण गरेको हो । पालिका भित्रका किसानहरुलाइ व्यवसायीक किसान बनाउने उद्देश्यले पुतलीजार नगरपालिका र युएनडीपीको आर्थीक लगानी तथा सुर्याेदय क्लबको व्यवस्थापनमा कार्यक्रम तय भएको पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिईन् । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको अवधारणा ल्याईएको बताउदै आवश्यक पर्ने औजार वितरण भएको बताईन् ।

तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम अनुसार सुर्याेदय क्लबले किसानहरुलाई फुलगोपी, बन्दागोपी, साग, मुला र धनीयाका वेर्ना टोलविकास संस्था मार्फत किसानहरुलाई वितरण गरेको छ । किसानहरुलाई टनेल, गडेउले मल, कुटानी पिसानी मेसीन र बाख्रा पालन लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । आवश्यक औजार तथा विउ विजन प्राप्त भएकोले व्यवसाय राम्रो भएको पुतलीबजार नगरपालिकाका कृषक शिव प्रसाद लामिछानेले जानकारी दिए । कृषक लामिछानेले औजार तथा विउ विजन प्राप्तीले काम गर्ने हौसला बढेको बताउदै सफल बनाउने बताए ।

पुतलीबजार नगरपालिकाको १ करोड ३६ लाख र युएनडीपीको १ करोड गरि २ करोड ३६ लाखमा सुर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ । सुर्याेदय क्लब मार्फत पुतलीबजार नगरपालिकाका किसानहरु व्यसायीक बन्न सफल भएका छन् । सयुक्त कार्यक्रम गर्दा सफल भईने हुदा तिन वटा संस्था मिलेर काम गरेको बताउदै कोरोनाबाट प्रभावीत परिवार, महिला तथा जनजातीहरुलाई सहयोग पुग्ने सुर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । क्लबका अध्यक्ष श्रेष्ठले नगरपालिकाका १४ वटै वडाहरुमा कार्यक्रम लागु गरिएको बताउदै कृषि, पशु र उद्यमलाई मुख्य मेरुदण्ड मानीएको जानकारी दिए ।क्लबले टोल विकास संस्थाका ५ सय घरधुरीहरुलाई तरकारीका बेर्ना उपलब्ध गराएको छ । उनीहरुले उत्पादन गरेको तरकारीको व्यवस्थापन नगरपालिकाले गर्ने पुतलीबनार नगरपालिको कार्यालयले जानकारी दिएको छ ।

Comments are closed.