स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु

पोखरा हटलाईन

स्याङ्जा, साउन १६

स्याङ्जाको वालिङमा गए राती जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।वालिङ नगरपालिका वडा नं. १३ बाँयटारीबाट वडा नं. १२ को सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ नगरपालिका वडा नं. १२ को लामपातेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।दुर्घटनामा जीपका सह–चालक १४ बर्षीय सुदिप गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका वालिङ नगरपालिका नं. १२ का ३० बर्षीय तीलकुमारी गुरुङ् र ६५ वर्षीय तील कुमारी थापाको पोखरामा उपचार भईरहेको छ ।दुर्घटनामा परी सामान्य घाईते भएका ३३ बर्षीय ममता गुरुङ्, २८ बर्षीय प्रमिला गुरुङ् र ४५ बर्षीय मनमाया गुरुङ्को ग्रहौं प्राथमिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटिर तल खसेको प्रहरीले जनाएको छ । जीप चालक निलबहादुर गुरुङ्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Comments are closed.