स्याङ्जामा दिउसै २ लाख चोरी

स्याङ्जा ३ वैशाख । स्याङ्जाको पुतलीबजार नगरपालिका वाड ४ अन्र्तगत रहेको न्यारेको वनमा दिउसै २ लाख रुपैँया चोरी गरी फरार भएका छन् । मुक्तिनाथ विकास बैँक लिमिटेड लघुवित्त शाखा पुतलीबजार स्याङ्जामा आउनको लागि बाहाकोट गाविस ७ बाट पैदल आएकी अन्दाजी बर्ष २२ कि ज्ञानु थापालाई अज्ञात समूहले दिउँसै १२ बजेको समयमा सिधै मुख छोपी नगद दुई लाख रुपैँया चोरी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

ATM

मुक्तिनाथ विकास बैक लिमिटेड अन्तगर्त रहेको मुक्तिनाथ लघुविक्तमा विगत १ बर्ष देखि काम गर्दै आएकी थापा दैनिक रकम संकलन गरी जम्मा गर्नको लागि मुक्तीनाथ विकास बैँक लिमिटेड शाखा कार्यालय पुतलीबजार आउने क्रममा अज्ञात समूहद्धारा लुटिएकी थिइन् । यस घटनालाई जिल्ला प्रहरी कार्यालयले खोजी जारी गरेता पनि आजसम्म पक्राउ गर्न सकेको छैन । घटना घटेको दुई दिन वितिसक्दा पनि प्रहरीले संका लागेको व्यक्तिलाई नियन्त्रणमा लिन सकेको छैन । दिउसो १२ बजेको समयमा नै एउटी महिला माथी लुटपिट हुदाँ प्रहरीले त्यति चासो दिएको देखिदैन । जिल्ला प्रहरी कार्यालय नजिकै १०

मिनेटको बाटोमा रहेको न्यारेको वनमा महिला प्रति भएको घटनालाई त्यति सिलियसली नलिएको पाइन्छ । वन भएता पनि वन वरिपरी मानिसको वस्ती पनि रहेको छ । प्रहरीले चासोका साथ खोजी जारी गर्ने हो भने आफ्नै कार्यालय नजिकै रहेको वनमा प्रहरी परिचालन गर्ने पनि सक्ने थियो । घटना घटिसकेपछि जिप्रकामा आएको खबर अनुसार प्रहरीले वनमा प्रहरी परिचालन गर्न भने सकेको छैन ? यस बाट पनि प्रहरी महिलाको घटना प्रति त्यति संवेदनशिल नदेखिएको पो हो कि ?

Comments are closed.