स्याङ्जामा निर्माणधिन पुल भत्किदा आठ घाईते

स्याङ्जा, २२ चैत्र

 

स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरस्थित कालीगण्डकी नदीमा चापाकोट र पाल्पाको रामपुर जोड्ने निर्माणाधिन पक्की पुल भत्किदा पुल निर्माणमा काम गर्दै आएका आठ जना घाइते भएका छन् ।निर्माणाधिन पक्की पुल भत्किदा घाइते हुनेहरुमा रौतहट घर भएका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा जिल्लाकै २८ वर्षीय जितेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।घाइते हुनेहरुमा भारत बिहार घर बताउने २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखा जिल्ला मिरासन गाउँपालिका ४ का २३ वर्षीय सृजन परियार रहेको प्रहरीले जनाएको छ ।चापाकोट नगरपालिका ८ मा निर्माणाधिन दामाचौर र रामपुर पाल्पा जोड्ने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर कामदारले बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक बिम सहित कामदारहरु खस्दा उनहिरु घाइते भएका हुन् ।घाइतेमध्ये बारा घर भएका २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको छ । अन्य घाईतेको मिसन अस्पताल पाल्पामा उपचारार्थ भर्ना गरिएको छ ।विगत १० वर्ष अघिदेखि निर्माणको काम थालिएको पुल ईन्जिनिएरिङ्ग डिजाईनमा समस्या देखिएपछि करिब ५ वर्षदेखि निर्माण कार्य रोकिएको थियो । सडक डिभिजन कार्यालय पाल्पाले पुलको डिजाईन परिवर्तन गरेपछि गत वर्षदेखि पुल निर्माणको कार्य पुनः थालिएको थियो ।

Comments are closed.