भालु पहाडमा पुरिएको कार भएको खुलासा, उपचारका पाल्पामा (तस्बीरमा पुरिएको कार सहित)

त्रिभुवन पौडेलपोखरा,

बैशाख २९ गते

आज गएको भुकम्पले स्याङ्जाको भालुपहाड खस्दा कार पुरिएको छ ।

11122396_757859700998258_234121263_n
पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख, प्रहरी नायब महानिरिक्षक पंकज श्रेष्ठका अनुसार बा ६ च ५०२६ नम्बरको कारमा सवार श्याम काफ्ले र अनु गिरी गम्भिर घाइते भएका छन् । बेहोस अवस्थामा रहेको रहेका उनिहरुलाइ उपचारका लागि पाल्पा लगिएको छ । यसअघि प्रहरीले ट्याक्सी भएको आशंका गरेपनि, पुरिएको ठाउँ उत्खनन गर्दा कार भएको पुष्टि भएको हो ।
पहाड खस्दा बाटो अबरुद्ध भएका कारण  पोखरा ल्याउन नसकिएका कारण पाल्पा लगिएको हो ।
उनिहरु गम्भिर घाइते भएका छन् । पहाडनै खस्दा बाटो अबरुद्ध भएको छ ।
बाटो अबरुद्ध हुँदा सयौ गाडीहरु रोकिएका छन् ।

फाइल तस्विर

Comments are closed.