स्याङ्जामा रासायनिक मल अभाब

पोखरा हटलाईन
स्याङ्जा,  असार १८ ।

देश कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको बेला स्याङ्जाका कृषक भने रासायनिक मल नपाएकोमा चिन्तित बनेका छन् । असारको मध्येमा धान रोपाइँको चटारोमा जुट्नुपर्ने बेलाकृषकहरुले मल नपाएपछि चिन्तित बनेका हुन् ।

सरकारले विभिन्न तामझाम सहित विभिन्न कार्यक्रम गरेपनि वास्तविक रोपाइँमा लागेका कृषकले भने रासायनिक मल नपाएको गुनासो गरेका छन् । सबैलाई आ आफ्नै चिन्ता छ हामीलाई भने रोपाइँ गर्ने समयमा रासायनिक मल नपाएको चिन्ता छ वालिङ् नगरपालिका एकमा धान रोप्दै गरेकी कृषक मिना काफ्लेको गुनासो थियो ।एउटै फाँटमा अन्यले रोपाइँ सुरु गरेपछि ट्याक्टरको लागि बाटो समेत नपाइने हुँदा मल नपाएपनि खेत रोप्नसुरु गरेको कृषक काफ्लेले बताईन् । वालिङ् नगरपालिकामा कहिकतै मल नपाएपछि यसै खेत रोप्न सुरु गरेको उनले गुनासो गरिन । सधै रासायनिक मल राखेर रोपाइँ गरिन्थ्यो अहिले मल नपाएका कारण यसै रोप्न थालिएको छ । खेती कस्तो हुने हो चिन्ता लागेको छ उनको गुनासो थियो ।

कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै छ यस समयमा उब्जनीलाई प्रमुख प्राथमिकता दिनुपर्ने बेलामा झन मल बिनाको खेती गर्नु परेको स्थानीय कृषकले बताए । कोरोनाका कारण सहर बन्द भएपनि गाउँ घरमा रोपाइँ गर्ने चटारो भएको छ ।नेपालमा मल आपूर्तिको ब्यबस्थापन नेपाल कृषि सामाग्री कम्पनीले गर्ने भएपनि पछिल्लो समय  जिल्लाका लागि आवश्यक पर्ने मल आपूर्ति विभिन्न सहकारीले गर्दै आएको र हाल पनि यो महामारीको समयमा मल आपूर्ति गर्ने सहकारीलाई स्वाकृती दिइसकेको हुँदा अब एक दुई दिनमै मलको आपूर्ति सहजहुने वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताए ।

चालु वर्षमा पानी छिटो परेको हुँदा कृषकले रोपाइँ छिटो गरेको भन्दै एक दुई दिन भित्रमा कृषकले मल नपाए सिधै नगरपालिकामा सम्पर्क गर्न प्रमुख खाँणले कृषकलाई आग्रह गरे । मलको अभाबमा कृषकलाई रोपाइँ गर्नबाट बञ्चित नगरिने उनले बताए ।

Comments are closed.