स्याङ्जामा हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा,

स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय तुल बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जा जिल्ला अदालतले २०७८ असोज १९ को फैसला अनुसार हातहतियार तथा खरखजना मुद्दामा पाँच महिना कैद र ६ हजार जरिवाना तोकिएपछि फरार रहेका रानालाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका रानालाई जिल्ला अदालत समक्ष पेश गरेपछि कैद भुक्तानीको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

Comments are closed.